जब संयुक्त राष्ट्रसघंको महासभामा ट्रम्पको भाषण सुनेर यसरी हाँसो गुञ्जियो
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी नेतृत्वको तिखो हमला गरेका छन् । उनका अनुसार इरानले पूरा मध्य पूर्वमा ‘अराजकता, हत्या र विनाश’ को माहौल बनाएको छ ।
ट्रम्पले यो कुरा न्यूयोर्कमा संयुक्त राष्ट्रको महासभाको ७३ औं अधिवेशनमा भनेका हुन् । उनले इरानसँग परमाणु सम्झौता रद्द गर्ने आफ्नो निर्णयको पनि बचाउ गरे ।
उनले भने, ‘इरानको नेतृत्वले आफ्नो छिमेकी देश, त्यसको सीमा र सम्प्रभुताको सम्मान गर्दैन । इरानका नेताले देशको स्रोत साधनको प्रयोग आफूलाई धनी बनाउन र मध्य पूर्वमा हलचल मच्चाउनका लागि गरिरहेको छ ।’
आफ्नो प्रशासनले अमेरिकाको इतिहासमा ‘अरु सबैले भन्दा धेरै’ काम पूरा गरेको पनि ट्रम्पले बताए ।
उनको यो कुरा सुनेर दर्शकदीर्घामा रहेकाहरु हाँस्न थाले ।
हाँसो गुञ्जिएपछि ट्रम्प पनि हाँसे र भने, ‘मैले यस्तो प्रतिक्रियाको आशा गरेको थिइनँ ।’ त्यसपछि ट्रम्पले ठूलो आवाजमा दोहोराउँदै भने, ‘अमेरिका यसअघि यति बलियो, धनी र सुरक्षित कहिले पनि थिएन ।’
उत्तर कोरियासँग नरम, चीनमा कडाः
ट्रम्पले उत्तर कोरियासँग अमेरिकाको नरम र चीनसँगको कडा व्यवहराको पनि बचाउ गरे ।
यी सबैबाहेक ट्रम्पको भाषणको निचोड यहि थियो कि उनी संसारमा अमेरिकालाई आफ्नो तरिकाले चलाउने अधिकारको वकालत गरिरहेका थिए ।
उनले भने, ‘म हरेक देशको परम्परा, विश्वास र रिति रिवाज मान्न पाउने अधिकारको सम्मान गर्छु । अमेरिकाले तपाईं कसरी बस्ने, कसरी काम गर्ने र कसको पूजा गर्ने भन्नेबारे सिकाउँदैन । यसको बदलामा तपाईंबाट हामी हाम्रो सम्प्रभुताको सम्मान चाहन्छौं ।’
बीबीसी कूटनीतिक संवाददाता जेम्स रोबिन्सको विश्लेषणः
ट्रम्पको भाषणबाट यदि तुरुन्त कुनै हेडलाइन निकाल्ने हो भने उत्तर कोरियाको साटो अब इरान उनको सबैभन्दा ठूलो दुश्मन बनेको छ । तर उनको भाषणले यसबाहेक धेरै कुरा दर्साउँछ ।
गत वर्ष ट्रम्पले संयुक्त राष्ट्र र यसको बहुपक्षवादमा जुन हमला गरेका थिए, यसवर्ष त्यसको ठूलो रुप देख्न पाइयो । संयुक्त राष्ट्र आफ्नो सदस्यसँग मिलेर एक लक्ष्य प्राप्तीका लागि काम गर्ने वकालत गर्छ तर ट्रम्प भने यसको आलोचना गर्छन् ।
ट्रम्पले आफ्नो भाषणमा वैश्विकताको निन्दा त गरेका छन्, अन्तर्राष्ट्रिय आपराधिक अदालतलाई पनि छोडेका छैनन् । ट्रम्पको यसपटकको भाषणमा राष्ट्रवाद र देशको सम्प्रभुताका लागि उनको प्रेम थप उजागर भएको छ ।
ट्रम्पका लागि राष्ट्रवाद त्यो एउटा मात्र बाटो हो जुन अमेरिकाका मानिसहरुको अधिकार र स्वतन्त्रताको रक्षा गर्न सक्छ ।
ट्रम्पले अरु के भने ?
– डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको तिखो आलोचना गरेका छन् र उनी डब्ल्यूटीओको थप ‘उत्पीडन’ सहन नसक्ने बताएका छन् ।
– उनले चीनलाई बौद्धिक सम्पदाको चोरीको आरोप लगाए । ट्रम्पले चीनको यस्तो व्यवहारका कारण नै अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ को स्थिती निम्तिएको बताए ।
– उनले वैश्विकतालाई खारेज गर्दै ‘देशभक्ति’ को तारिफ गरेका छन् ।
– ट्रम्पका अनुसार अवैध प्रवासीका कारण नै आपराधीको नेटवर्क बन्न मद्दत मिलेको र यसले स्थानीयका लागि समस्या पैदा हुने गर्छ । उनका अनुसार पलायन र प्रवासजस्तो मसला अन्तर्राष्ट्रिय संस्थाको हातमा दिन सकिँदैन ।
इम्यानुएल म्याक्रोंको जवाफः
ट्रम्पको भाषणपछि बोल्ने फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफूले कहिले पनि सम्प्रभुताको सिद्धान्त मान्न कहिले अस्विकार नगरेको भन्दै यसलाई हतियारको रुपमा प्रयोग गर्न नहुने बताएका छन् ।
म्याक्रोंले यसबारे कुराकानी र संवाद हुनुपर्ने बताएका छन् । उनले भने, ‘म सम्प्रभुताको सिद्धान्तलाई ती राष्ट्रवादीहरुको हातमा छोड्दिनँ जसले हाम्रो सिद्धान्तमाथि हमला गर्नका लागि त्यसको प्रयोग गर्ने गर्छन् ।’
म्याक्रोंले भने, ‘म सबैभन्दा शक्तिशालीले बनाएको कानूनलाई विश्वास गर्दिनँ ।’
उनले थपे, ‘म वैश्विक सन्तुलनमा विश्वास गर्छु । २१ औं शताब्दीमा बलियो बहुपक्षीय रवैया बिना हामी जित्न सक्दैनौं ।’
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...