ताजा समाचार

नेपालि महिलाहरुमा स्तन क्यान्सरको खतरा बढि

काठमाण्डाैँ १६, असोज । अहिलेको समयमा नेपालि महिलाहरुमा स्तन क्यान्सरको खतरा बढिरहेको विज्ञहरुले बताउँदै आएका छन्।  यसैबारे स्त्रिरोग विशेषज्ञ डा‍.कबिता अधिकारीसंग  BBC ले अन्तरक्रिया गरेको थियो ।

उक्त अन्तरक्रियामा अधिकारीले स्तन क्यान्सर लाग्ने बिभिन्न कारणहरू बताएकि थिइन।स्तन क्यान्सर खासगरि खानपानमा अनियमिता , अखाध्य खालको खाना , ढिलो उमेरमा ३५ नागेर बिभाहा गरि बच्चा जन्मायका महिला दिदी-बहिनीहरु ,  अलकोहल बढि प्रयोग गर्ने व्यक्ति , चुरोट ,खैनि जस्तो सुर्ति जन्यपदार्थ प्रयोग गर्ने व्यक्ति , मोटोपना र व्यायाम नियमित रुपमा नगर्ने व्यक्ति , जो महिला दिदी-बहिनीहरू १२ बर्ष नभई महिनावारि हुनुभयको छ र ४७देखि ५० बर्ष हुँदा सम्म महिनावारि रोकियको छैन भने  यस्ता खालको महिलाहरुमा स्तन क्यान्सर हुन सक्ने सम्भावना बढि भएको डा. अधिकारीले बताएकी छिन।

उनले स्तन क्यान्सर लागेको थाहा पाउन को लागि आफैले पनि स्तनमा गाँठा छ छैन छामेर फत्ता लगाउन सकिने, काखी मुनि गाँठा आएको छ भने डक्टरलाई देखाउने  र स्तनबाट सेतोपानी वा रगत आएको छ भने चेकअप गराउने गर्दा स्तन क्यान्सर भएको थाहापाउन सकिने बताएकी छिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org