लज्जित पाकिस्तान : सचिवले नै पाहुनाको पर्स चोरेपछि
एजेन्सी १६, अशोज । आधिकारिक सरकारी कार्यक्रमका दौरान कुवेती प्रतिनिधीमण्डलका एक सदस्यको पर्स चारिरहेको भिडियो सार्वजनिक भएपछि एक शीर्ष पाकिस्तानी सरकारी अधिकारीमाथि यतिबेला अनुसन्धान भइरहेको छ ।
यद्यपि, चोरीका आरोपी जरार हैदर खान भनेर मुलधारको पत्रिका र सामाजिक सञ्जालमा भाइरल गरिएको तस्विर भने अर्कै व्यक्तिको भएको खुलासा भएको छ । उक्त तस्विर अमेरिका निवासी निर्दोष व्यक्तिको भएको बताइएको छ ।
सूचनामन्त्री फवाद चौधरीले हैदर पाकिस्तानको उद्योग तथा उत्पादन मन्त्रालयका एक सह–सचिव भएको जानकारी दिँदै कुवेती कुटनीतिज्ञको पर्स चोरी मामिलामा अनुसन्धान भइरहेको बताए ।
हैदर पाकिस्तानको निजामती सेवा उच्च ओहदामा गनिने बीएस–२० अधिकारी हुन् । उनलाई हाललाई निलम्बित गरिएको छ ।
के भएको थियो ?
आर्थिक मामिला डिभिजनको टेबलबाट आरोपीले बेवारिसे पर्स उठाइरहेको ६ सेकेण्ड लामो सिसिटिभी फुटेज सार्वजनिक भएको थियो ।
यो मामिलाबारे त्यतिबेला बाहिर आयो जब भविष्यमा व्यापारबारे नयाँ सरकारसँग छलफल गर्न पाकिस्तान आएको कुवेती प्रतिनिधिमण्डलले आफ्नो एक कुटनीतिज्ञको पर्स हराएको उजुरी गर्यो ।
द डन पत्रिकाका अनुसार उक्त पर्समा ‘उल्लेख्य मात्रामा’ कुवेती दिनार रहेको थियो । अधिकारीहरुले सिसिटिभी फुटेज अध्ययन गरेपछि आरोपीको नाम सार्वजनिक गरेका थिए ।
यता, पाकिस्तानी प्रेसका अनुसार कुवेती प्रतिनिधिमण्डल यस घटनाबाट निकै क्रुद्ध बनेका थिए । उनीहरुले दोषी पत्ता लगाउन माग गरेका थिए ।
गलत तस्विर
घटना सार्वजनिक भएपछि सिसिटिभी फुटेज मिडियामा भाइरल बन्यो । पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले यस घटनाबाट आफूहरु लज्जित भएको बताए ।
यो विषय भारतीय समाजिक सञ्जाल प्रयोगकर्ताका लागि झन् ठूलो मसला बन्यो । ‘सानो देशका साना कर्मचारीले ठूला मानिसको पर्स देखेपछि यस्तै गर्छन्,’ धेरैले गिज्याए ।
यद्यपि, सामाजिक सञ्जाल र टेलिभिजनमा चोरी गर्ने व्यक्ति भनेर प्रकाशित गरिएको तस्विर जरार हैदर खान नभएर जाइद हैदरको भएको खुलासा भएको छ । उनी हाल वासिङटन डिसीमा स्टेट डिपार्टमेन्टमा रिस्क एनालिस्टका रुपमा कामगरिहेका छन् ।
धेरै मिडियाले उनको तस्विर गलत परेको भनेर सच्याएका छन् भने यो समाचार तयार गर्दासम्म केही मिडियाहरुले प्रकाशित गरेको भिडियोमा निर्दोष जाइदको तस्विर अझै पनि देखाइरहेको छ ।
अब के ?
यो घटनाले पाकिस्तान सरकारलाई लज्जित बनाएको छ । कुवेतको रिस शान्त गर्न सरकारले तत्कालै अनुसन्धान शुरु गर्यो ।
यद्यपि, द टाइम्सका अनुसार यसले कुवेत र पाकिस्तानबीच हुने भनिएको आर्थिक साझेदारीमा ठूलो धक्का लागेको छ ।
Comments
अरु समाचार
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...












