रातको समय भन्सार छलेर ल्याउँदै गरेको सामग्री बरामद
वीरगञ्ज२३ असोज। सशस्त्र प्रहरीले वीरगञ्जमा कपडा बरामद गरेको छ । रातको समयमा भन्सार छलेर ल्याउँदै गरेको चार लाख १८ हजार ३१ रूपैयाँ बराबर मूल्यको बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
वीरगञ्ज महानगरपालिका-६ छपकैया नयाँ बस्ती इलाकाबाट ४ लाख १८ हजार ३१० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको हो ।
सशस्त्र प्रहरीको वीरगञ्ज भन्सारस्थित गुल्मबाट खटिएको मोबाइल गस्ती टोलीले सुट, सर्ट पाइन्टका कपडाहरु, टप्स, मोबाईल चार्जर, जुत्ता लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर खड्काले जानकारी दिए ।
नियमित चेकजाँचसँगै चाडबाडको मौका छोपेर हुन सक्ने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी विशेष योजना बनाएरै सक्रिय रहेको सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए । ‘२४ अै घण्टा गस्ती, नेपाल प्रहरीसँग संयुक्त गस्ती गरिरहेका छौं,’ भन्सार क्षेत्रमा हुने नियमित चेकजाँचमा पनि कडाई गरेका छौं,’ उनले भने, ‘चाडबाडलाई लक्षित गरेर कुने पनि गैरकानुनी गतिविधि नहोस भनेर हामी सचेत छौं ।’
चाडवाडमा भन्सार क्षेत्रमा खटिएका प्रहरीसँगकै मिलेमतोमा खुलेआम तस्करी भइरहेको गुनासो आएपछि सशस्त्र प्रहरीले सक्रियता देखाएको हो ।
दुईदिन अघि पनि सशस्त्र प्रहरीले नेपालबाट भारत तस्करी गर्दै गरेको अवस्थामा ५ क्विन्टल मरिच बरामद गरेको थियो ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...