ताजा समाचार

अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ ।

उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय भएको औपचारिक जानकारी दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार गर्मीसँगै तातो हावा ‘लु’ चल्न थालेकाले नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको जनाए ।

गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेपछि दिइएको बिदाका कारण हिजोदेखि शनिबारसम्म विद्यालय बन्द भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org