निर्मला हत्या प्रकरणः किरण बिष्टले लेखे प्रधानमन्त्रीलाई खुलापत्र
काठमाडौं २५,असोज । निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । पत्रमा किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा ‘सञ्चारमाध्यमले पनि कतिपय अवस्थामा अपुष्ट खबर लेखिदिँदा आफ्नो चरित्रहत्या हुन पुगेको’ उल्लेख गरेका छन् ।
उनले पत्रमा भनेका छन्, “निर्मला पन्त बैनीलाई न्याय दिलाउनका लागि अनुसन्धान कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको छ तर सहयोग गर्दागर्दै पनि केही व्यक्तिले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाव र पीडा हुने गरी चरित्र हत्या गर्ने कार्य भइरहेकाले एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक सञ्जालबाट यस्तो मानसिक यातना किन ?”
निर्मला हत्या प्रकरणमा डीएनए परीक्षणबाट पनि आफू निर्दोष भइसकेको प्रमाणित हुँदा पनि डीएनए नतिजा नै गलत भनेर आएको विषयमा पनि किरणले दुखेसो पोखेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनप्रति असहमति जनाउँदै लेखेका छन्, “राष्ट्रिय मानवअधिकार आयोग र उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन पेस तथा सार्वजनिक गर्दा सबै पक्षलाई समेटेर प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा मलगायत मेरो परिवार र उक्त दिनमा मसँग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसैसँग पनि सोधपुछ तथा बुझ्ने कार्य नगरी एकपक्षीय रुपमा प्रतिवेदन तयार गरेको देखिएको छ । यसमा मेरो मानवअधिकार अटाएन र ?”
गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ की निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अझै हत्यारा पहिचान हुन सकेको छैन ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...