भोजराजको ‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’
काठमाडौँ । पूर्वमुख्यसचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन्। बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे।
पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द÷बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो । ‘निर्बन्ध आकाश’ भने लोक र उच्चार्य सममात्रिक लयमा लेखिएको कृति हो–‘उन्मुक्त किनारा।’
नेपाली गजलको विकास, विस्तार र पिरस्कारका लागि क्रियाशील संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले आयोजना गरेको कार्यक्रममा ‘उन्मुक्त किनारा’ पुस्तकमाथि टिप्पणी गर्दै समालोचक शैलेन्द्र अधिकारीले गजलको शास्त्रीयताले गजल छन्द÷बहरमै हुनुपर्ने मान्यता राख्ने बताए। तर नेपाली गजलसाहित्यमा यहाँका लोकलय र समआक्षरिक÷सममात्रिक लयको पनि प्रयोग हुँदै आएको उनको भनाइ थियो। अधिकारीले उन्मुक्त किनारामा सामाजिक र मानवीय जीवनका अनेक पक्ष विषय बनेर आएका बताए। उनले गजलमा लय, भाव वा शिल्पमध्ये एक पक्ष मात्र उत्कृष्ट भएर नहुने यी तीनै पक्षको उत्तम पालना हुनुपर्ने धारणा राखे।
निर्बन्ध आकाशमाथि टिप्पणी गर्दै समालोचक प्रभाती किरणले छन्द÷बहरमा लेख्नु चानचुने कुरा नभएको बताए। लेखक विज्ञान र अर्थशास्त्रका विद्यार्थी हुँदाहुँदै पनि छन्दरबहर जस्तो जटिल क्षेत्रमा अध्ययन गरेर सयौँ गजल, त्यसमा पनि एक सय बढी छन्दरबहरमा रचना गर्नु निकै महत्त्वपूर्ण उपलब्धि र प्राप्ति भएको उनले बताए। हरेक गजलको अन्त्यमा छन्दरबहरका सूत्र र विश्राम पनि दिइएकाले उक्त पुस्तक छन्द र बहरमा सिक्न चाहनेका लागि गुरु पुस्तक बन्नसक्ने समालोचक प्रभाती किरणको भनाइ थियो।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले निर्बन्ध आकाशभित्रका गजलहरूमा छन्दरबहरको उचित पालना भएको र आगामी दिनमा अझ परिस्कृत गजलकृति घिमिरेबाट आउने अपेक्षा गरे।
यसरी नै प्रा.डा. कृष्णहरि बरालले छन्द÷बहरमा गजल लेखनले पछिल्लो समय तीब्रता पाइरहेको उल्लेख गर्दै छन्द र बहरमा गजल लेख्नु ठूलो साधना भएको बताए। छन्द, बहरमा बढी ध्यान दिँदा भाव र प्रभावमा चिप्लिनसक्ने खतरा हुने भन्दै उनले भोजराज घिमिरेका गजलमा त्यो समस्या कम भएको उल्लेख गरे।
आफू गजलको विद्यार्थी भएको र सिकाइकै क्रममा चारवटा गजलकृति प्रकाशन गरेको सर्जक भोजराज घिमिरेको भनाइ थियो। पछिल्लो समय नेपाली गजलमा छन्दरबहरको व्यापक बहस र प्रयोग भएको देखेपछि आफूले पनि गजलको खास शास्त्रीयतालाई पछ्याउने कोसिस गरेको उनले बताए।
गजलकार घिमिरेले एक दर्जन बढी नवछन्दको निर्माण गरेर लेखेका गजल पनि निर्बन्ध आकाशमा समावेश गरेका छन्।
गजलकारहरू जय गौडेल र राधा कणेलले निर्बन्ध आकाश कृतिबाट गजलहरू वाचन गरेका थिए। पुस्तक कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...