ताजा समाचार

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई

काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ ।

‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार गुल्मीमा जन्मेर निरन्तर सृजनामा लागेका स्रष्टा भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताएका छन् ।

गुल्मीको सत्यबती गाउँपालिकाको जोहाङ् खैरेनीमा २०१० भदौ २५ गते जन्मिएका भण्डारी समालोचक, कवि र निबन्धकारका रुपमा परिचित छन्। उनका २८ वटा पुस्तक भएका छन् ।

विसं २०३३ मा रुरुक्षेत्र गाउँपालिका–४ अन्तर्गत बलेटक्सारमा जन्मिएकी जानकी ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा सक्रिय थिए । उनको नौ वर्ष अघि ३९ वर्षको उमेरमा निधन भएपछि उनका श्रीमान् शङ्करप्रसाद गौतमले उहाँको स्मृतिमा किरण पुस्तकालय तम्घासमा रु एक लाख ५१ हजार एक सय ५१ को अक्षय कोष स्थापना गरेका थिए। कोषको ब्याजबाट हरेक पुरस्कार प्रदान हुँदै आएको छ । उक्त पुरस्कारबाट साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) भागरिथी श्रेष्ठ, रामप्रसाद पन्त र नारद गौतम र रुद्र ज्ञवाली पुरस्कृत भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org