ताजा समाचार

टिपर सञ्चालनमा नयाँ नियम लागू

काठमाडौं२७, असोज। जिल्ला प्रशासन कार्यालय काठमाडाैंले टिपर सञ्चालनमा नयाँ नियम लागू गरेको छ ।

प्रशासनले शनिबारदेखि आगामी कात्तिक ५ गतेसम्मको लागि पिक आवरमा बाहेक अरु समयमा ३५ किलोमिटर प्रतिघण्टा  नबढ्ने गरी चलाउन पाइने नियम ल्याएको हो ।

नियमअनुसार  बिहान ९ देखि ११ः३० बजेसम्म र  दिउँसो ५ बजेदेखि साँझ ७ बजेसम्म बाहेक अरु समय टिपर  चलाउन पाइने छ ।

अत्यावश्यक निर्माण सामाग्री ढुवानीमा परेको समस्यालाई मध्यनगर गर्दै दशैंको अवसरमा प्रशासनले यो नियम ल्याएको हो ।

यसैबीच ट्राफिक प्रहरीले सावधानी र सुरक्षित पुर्वक टिफर संचालन गर्न अनुरोध गरेको छ ।  टिपर दुर्घटना बढेसँगै यसअघि प्रशासनले रातको समयमा मात्रै टिपर चलाउने अनुमति दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org