सात सयभन्दा बढी मुक्त कमैयालाई जग्गा
तुलसीपुर। दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिनुभएको छ । सरकारले विवादित जग्गाको लालपुर्जा दिँदा मुक्त कमैयाले जग्गामा आवास र जोतभोग गर्न नपाएको उहाँको भनाइ छ ।
सरकारले निकै ढिलो गतिमा मुक्त कमैया व्यवस्थापन गरिरहेको भन्दै उहाँले अझै तीन हजार ३६५ जना मुक्त कमैयाले कुनै पनि परिचयपत्र पाउन नसकेको बताउनुभयो । मुक्त कमैयाको व्यवस्थापनमा पटक पटक आन्दोलन र दबाब दिँदै आए पनि अपेक्षित प्रगति भने हुन नसकेको बताइएको छ ।
छाडा चौपायाले बालीनालीमा नोक्सानी
यहाँ छाडा चौपायाले स्थानीयवासीको बालीनाली नोक्सान पु¥याउने गरेका छन् । छाडा चौपाया व्यवस्थापन हुन नसक्दा स्थानीयवासीलाई निकै समस्या हुने गरेको छ । ती छाडा चौपायाले गाउँमा पुगेर स्थानीयवासीको धान, तोरी तथा तरकारी बालीमा समेत क्षति पु¥याउने गरेका छन् ।
रातको समयमा गाउँमा पशुचौपाया पसेर लगाएको बालीनालीमा क्षपि पु¥याउने गरेको स्थानीयवासी यमुना वलीले बताउनुभयो । दिनभर बजार क्षेत्रमा हुने चौपायाहरु रातपरेपछि गाउँ पस्ने गरेका छन् । चौपायाहरु छाडा छोड्नेहरुलाई कुनै कारवाही नहुँदा झनै अव्यवस्थित भएको स्थानीयको गुनासो छ । तुलसीपुर उपमहानगरपालिकाले भने छाडा चौपायाले नागरिकलाई सास्ती दिएको भन्दै अब छिट्टै व्यवस्थापन गर्ने छाडा चौपाया व्यवस्थापन समितिका संयोजक कुमार लामिछानेले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












