ताजा समाचार

प्रचण्ड भोलि दिल्ली जाने, भोलि नै फर्कने

काठमाण्डैाँ ९ , कार्तिक।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार (भोलि) भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन्।

उनी शुक्रबार बिहान ‘इण्डिया आइडियाज् कन्क्लेभ’मा सहभागी हुन दिल्ली जान लागेका हुन्।

प्रचण्डले ‘सिटिजन मेनिफेस्टो : चर्न अफ आइडियाज्’ विषयमा धारणा राख्नेछन्। कार्यक्रमको आयोजना भारतीय थिङ्क ट्याङ्क समूह इण्डिया फाउण्डेशनले गरेको हो। प्रचण्डले उद्घाटन समारोहमा मन्तव्य राख्ने बताइएको छ।

प्रचण्डसँगै भारतीय वाणिज्य तथा उद्योग मन्त्री सुरेश प्रभु र राज्यसभामा उपाध्यक्ष हरिवंश नारायण सिंहले उद्घाटन समारोहमा मन्तव्य राख्नेछन्। उनी भोलि नै नेपाल फर्कनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org