काँग्रेस महासमितिको बैठक मंसिरमा
काठमाडौँ । मङ्सिरमा हुने नेपाली काँग्रेस महासमितिको बैठक काठमाडौँमै हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म महासमिमितको बैठक गर्ने काँग्रेसले निर्णय गरेको हो ।
नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिका पदाधिकारीहरूसँगको संयुक्त बैठकले निर्णय गरेको हो ।
बैठकमा सभापति देउवाले काठमाडौँ जिल्ला कार्य समितिलाई महासमितिको बैठक स्थलको तयारीका लागि पनि निर्देशन दिए । त्यसैगरी यही कात्तिक १६ गते तय भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई पनि भब्य र ब्यवस्थित बनाउनका लागि पनि निर्देशन दिएको पार्टी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, शनिवार स्थानीय ब्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठकले बसेर शुभकामना आदानप्रदान कार्यक्रमलाई तीन वटै जिल्लाका पदाधिकारी र कार्यकर्तालाई ब्यापक परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी महासमिति बैठकका लागि पनि आवश्यक उपसमितिहरू गठन गर्ने निर्णय बैठकले गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...
-
दोदा नदीमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला...
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
-
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
काठमाडौं । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको...
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
काठमाडौं । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...