प्रधानमन्त्रीको ओलीलाई केही दिन अस्पतालमै राखिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै राखिने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्र असन्तुलित भएपछि अस्पताल भर्ना गर्नुपरेको उनको उपचारमा संलग्न डाक्टरहरुले बताए । सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको रुघा–खोकी बढ्नुका साथै सुगर रिलेटेड इन्फेक्सन देखिएपछि आज बिहान साढे चारबजे अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार अहिले कार्डिओलोजिस्ट डा.अरुण सायामीको नेतृत्वमा सानो टिमले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । टीमा डा दिब्या सिंह र डा.सन्त दास रहेका छन् ।
शुक्रबार साँझबाट ज्वरो देखिएको थियो भने आइतबार क्याबिनेट मिटिङपछि खोकी बढेको र सुगरको मात्रा पनि बढेको अस्पतालको भनाई छ ।
अस्पतालले तत्कालै विदेश लानु पर्ने अवस्था नरहेको बताउँदै केही दिन अस्पतालमा राखेर उपचार गरे पछि डिस्चार्ज गर्न सकिने जनाएको छ ।
‘समय–समयमा इन्सुलिन दिएर चेक गर्नुपर्ने हुन्छ । यहाँ एन्टोबायोटिक दिन सजिलो हुन्छ उपचारमा संलग्न चिकित्सकले भने, त्यही भएर घरमा राखेर उपचार गर्नुभन्दा एन्टिबायोटिकको डोज पुर्याएर एक–दुई दिनमा डिस्चार्ज गर्ने सोचेका छौँ ।’
Comments
अरु समाचार
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...