३३ लाखको नमूना शौचालय अलपत्र
काठामान्डैां । झण्डै ३३ लाख रुपैयाँ खर्चिएर राप्ती नगरपालिका–७, वीरेन्द्रनगर चोकमा निर्माण गरिएको नमूना शौचालय सञ्चालन नहुँदै अलपत्र बनेको छ ।
वीरेन्द्रनगर आदर्श माविको जग्गामा विद्यालय, श्री साना किसान कृषि सहकारी संस्था, तत्कालीन वीरेन्द्रनगर गाविस र साविक जिविस चितवनको सहयोगमा निर्माण गरिएको शौचालय संस्थाहरुको आपसी खिचातानीका कारण अलपत्र बनेको हो ।शौचालयका झ्यालका सिसा फुटेका छन् भने भित्र लगाइएका टायल पनि तोडिएका छन् । शौचालय पछाडि वीरेन्द्रनगर चोक वरपर थुप्रिएको फोहर ल्याएर जलाउने गरिएको छ । माकुराको जालोले शौचालय ढाकिएको छ ।
पूर्व–पश्चिम राममार्गमा यात्रा गर्ने यात्रुहरुलाई नुहाउनसमेत मिल्ने गरी रिफ्रेसिङ सेन्टरका रूपमा चलाउने योजनासहित शौचालय निर्माण गरिएको थियो । शौचालय विगत ४ वर्षदेखि यतिकै अलपत्र छ । वडा नं. ७ कि वडाध्यक्ष सुमित्रा डल्लाकोटीले शौचालय सञ्चालन गर्ने विषयमा विद्यालय र सहकारीसँग कुराकानी भइरहे पनि अझै सञ्चालन गर्न नसकिएको बताइन् ।
‘मैले वडाध्यक्ष निर्वाचित भएदेखि नै यसलाई सञ्चालनमा ल्याउने र जिम्मा एउटा संस्थाले लिन निर्णय गराउन खोजे, तर प्रयासले सार्थकता पाएको छैन’, वडाध्यक्ष डल्लाकोटीले भनिन्, ‘नगरपालिकाको मेयरलाई पनि समस्याको बारेमा जानकारी गराएको छु, कति रकम लाग्छ वडाबाट हालेर भने पनि सञ्चालन गर्न तयार छु ।’
श्री साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले पुसमा बस्ने सहकारीको साधारणसभा पछि शौचालय सञ्चालन सम्बन्धी निर्णय गरिने दाबी गरे । अहिलेसम्म किन सञ्चालन गर्न सक्नुभएन भन्ने प्रश्नमा अध्यक्ष पौडेलले कसले सञ्चालन गर्ने भन्ने नटुंगिदा अन्योल बढेको बताए ।स्थानीय भुवन दुलालले जनताको लगानीबाट चोकमा निर्मित शौचालय अलपत्र हुँदा नगरपालिकाकै बेइज्जत भएको बताए ।
Comments
अरु समाचार
-
क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
काठमाडौं । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
चितवनमा डेङ्गीको सङ्क्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । चितवन जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय...
-
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय...
-
बाँकेमा अज्ञात रोगको संक्रमणबाट चारको मृत्यु
काठमाडौं । बाँकेको नरैनापुरमा अज्ञात रोगको संक्रमणबाट चारजनाको मृत्यु भएको छ। स्वास्थ्यकर्मीले झाडापखालाबाट मृत्यु भएको हुन सक्ने आशंका गरेपनि त्यसको...
-
भ्रष्टाचारमा पल्केका बीपी प्रतिष्ठानका भीसी, जताततै अनियमितता र कानुनको उल्लंघन
काठमाडौँ (सजीव कालाखेती)। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी अनियमितता र भ्रष्टाचारको पर्याय बनेका छन् । मातृशिशु भवन...
-
मर्स्याङ्दीमा बस खस्दा मृत्यु हुनेमा सबै भारतीय पर्यटक, सङ्ख्या २७ पुग्यो
मर्स्याङ्दीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७, सबै भारतीय पर्यटक काठमाण्डौ । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा हिजो भएको बस दुर्घटनामा...
-
थप ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो
काठमाडौं । काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ । यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य...