बेपत्ता आयोगले माघसम्म अध्ययन सक्ने
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ ।
बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर विस्तृत अध्ययन सम्पन्न गरेको आयोगका प्रवक्ता डा विष्णुप्रसाद पाठक जानकारी दिनुभयो । तिहार र छठ पर्वपछि आयोगको टोली बर्दिया जाने तयारी गरेको छ । माघसम्म आयोगले सबै उजुरीको विस्तृत अध्ययन गर्ने योजनाका साथ काम गरेको छ ।
विस्तृत अध्ययनका क्रममा आयोगले उजुरीकर्ता, बेपत्ता व्यक्तिको आफन्त, व्यक्ति बेपत्ता पारिनुपूर्वको सूचना, पीडितसँग बकपत्र (को, कहिले, कहाँबाट, कसरी, कसले बेपत्ता पारेको) अध्ययन गरी परिपूरणका फाराम समेत भराउने काम गर्छ ।
आयोगमा गत साउन २६ गतेसम्म तीन हजार १९७ उजूरी परेको थियो । उजूरीमा अनुसन्धान गरी आयोगले दुई हजार ५१२ उजूरीमा विस्तृत अध्ययन अगाडि बढाएको छ ।
चार सदस्यीय विज्ञ टोली
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत अध्ययनका क्रममा आवश्यक परामर्शका लिनका लागि चार जनाको विज्ञ समूह गठन गरेको छ । विज्ञ समूहमा कानून र न्याय सेवाका पूर्वकर्मचारी छन् । पूर्वसहसचिव कुमोदप्रसाद शर्मा, चन्द्रबहादुर सापकोटा, पूर्वशाखा अधिकृत केदारप्रसाद पोखरेल र कानून मन्त्रालयका कर्मचारी मुकुन्दप्रसाद अधिकारी विज्ञमा हुनुहुन्छ । डा पाठकका अनुसार विज्ञको समूहसँग आयोगले आवश्यक परेको समयमा परामर्श लिनेछ ।
तीन महीना बाँकी
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम गर्नका लागि तीन महीना मात्र बाँकी छ । आगामी माघ २७ गते आयोगको समय सकिँदैछ । आयोगले तोकिएको समयभन्दा अगाडि विस्तृत अध्ययन सकेर पीडितसँग सुनुवाइ काम गर्ने तयारी गरेको छ तर आयोगले निर्धारित समयभित्र काम सक्ने देखिँदैन ।
सरकारले द्वन्द्वकालीन बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २०७१ माघ २७ गते दुई वर्षका लागि गठन गरेको थियो । हालसम्म आयोगको तीन पटकसम्म म्याद थप भइसकेको छ ।
थपिएको समय पनि तीन महीना मात्र बाँकी छ । आयोगले २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म बेपत्ता पारिएका व्यक्तिको मात्र उजूरी लिएको छ ।
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ कार्तिक ५ गते बुधवार
मेषः मिहिनेत गर्दा भाग्यले साथ दिनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा...
-
धादिङको खयरघारीमा आज बिहान त्रिशूलीमा ट्रक खस्यो, तीनजनाको उद्धार
धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० स्थित खयरघारीबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट चामल...
-
आजको राशिफल: २०८१ साल मंसिर ४ गते मंगलवार
मेष :साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम...
-
आजको राशिफलः २०८१ साल मंसिर २ गते आइतवार
मेष: सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने...
-
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि...
-
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ: हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...
-
आजको राशिफल: २०८१ साल मंसिर १ गते शनिवार
मेष: राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा...
-
छाला नपाउँदा मादल बनाउन समस्या, पेशा संकटमा
दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने...
-
दार्चुला दुर्घटना अपडेटः सात जनाको ज्यान गयो, छ जना गम्भीर
खलङ्गा (दार्चुला), ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर...