कांग्रेस उपसभापतिमा विजय गच्छदार नियुक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई उपसभापति नियुक्त गरेका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा गत चुनावअघि फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा मिसाएका गच्छदारलाई उपसभापति नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
ुउहाँलाई उपसभापति बनाउने राजनीतिक निर्णय भएको छ, विधान संशोधनको कुरा महासमिति बैठकपछि टुंगो लगाइनेछ,ु प्रवक्ता शर्माले भने।
कांग्रेस विधानअनुसार एक जना उपसभापति रहने व्यवस्था छ। अहिले विमलेन्द्र निधि उपसभापति छन्। उपसभापति हुन निर्वाचित केन्द्रीय सदस्य हुनुपर्छ। गच्छदार आमन्त्रित केन्द्रीय सदस्य हुन्।
प्रवक्ता शर्माका अनुसार पार्टी एकताका बेला भएको सहमति अनुसार गच्छदारलाई उपसभापति नियुक्त गरिएको हो।
Comments
अरु समाचार
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...
-
दोदा नदीमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला...
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
-
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
काठमाडौं । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको...