ताजा समाचार

जनता बैंकको स्वतन्त्र सञ्चालकमा सैंजु नियुक्त

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरेको छ । मंसिर ५ गते सम्पन्न संचालक समितिको बैठकबाट निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो ।

संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सोही दिन पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लिमिटेडबाट बि।सं। २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् ।

वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रको विशेष दख्खल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धेरै सहयोग प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org