माननीय राजेन्द्र गौतम नेतृत्वमा किमाथाङ्का अभियान
उत्तर–दक्षिण कोशी सडक आयोजनाको स्थलगत निरीक्षण
काठमाडौँ । प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र गौतमको नेतृत्वमा खाँदबारीदेखि किमाथाङ्कासम्म गएको २७ सदस्यीय भ्रमण टोलीले उत्तर–दक्षिण कोशी सडक आयोजनाको माथिल्लो /तल्लो एलाइन्मेन्टको स्थलगत निरीक्षण गरेको छ । मंसीर ४ बाट सुरु गरी मंसीर १२ गतेसम्म भ्रमण गरेको टोलीले उक्त सडकलाई यथाशिघ्र तल्लो एलाइन्मेन्टबाट किमाथाङ्कासम्म जोड्न निर्देशन दिएको मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
चिनीयाँ प्रतिनिधि मण्डलसँग शिष्टाचार भेट
किमाथाङ्कामा नाका खोल्दा आवश्यकीय सरकारी कार्यालय भन्सार, अध्यागमन, सीमा सुरक्षा चौकी, सीमा सुरक्षा बल, क्वारेन्टाइन (पशु र प्लान्ट) चेक पोस्टको स्थापनाका लागि अरुण नदीमा तत्काल तटबन्ध निर्माण गरिनुपर्ने आवश्यक रहेको छ र यसबारेमा नापी कार्यालयको तर्फबाट जग्गा नापजाँच समेत गरिएको हुनाले नेपाल सरकारलाई यसबारे यथार्थ प्रतिवेदन पेस गरिने भ्रमण टोलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘संघीय र प्रदेश सरकारको स्वीकृतिमा दुबै देशका प्रशासन कार्यालय र देङ्जीका प्रतिनिधिहरूकाबीचमा दुई देशको सीमा सुरक्षा अवस्था, व्यवसायिक गतिविधिमा तीव्रता आवागमनका विषयलाई समेट्दै पाँच बूँदे सहमति गरी आआफ्नो माथिल्लो आधिकारीक निकायसँग अनुमतिका निम्ति प्रतिवेदन पेस गरिएको छ । सोही अवसरमा चिनियाँ पक्षबाट भ्रमण दलमा सामेल भएका माननीय ज्यूहरूसँग शिष्टाचार भेटघाट गरी आपसी हितका विषयमा संक्षिप्त कुराकानी भएको छ ।’
किमाथाङ्कामा रहँदा वडाकार्यालयको उद्घाटन, विद्यालय, स्वास्थ्य चौकी एवम् सरकारी कार्यालयहरूको अनुगमन तथा निरिक्षण समेत भ्रमण टोलीले गरेको छ । त्यस्तै निर्माणाधिन अरुण तेस्रो आयोजना प्रगतीको बारेमा साइट इन्जिनीयरहरूसँग जानकारी पनि टोलीले लिएको छ ।
चिनियाँ पक्षसँग र्वार्तापछि सामूहिक तस्बिरमा
भ्रमण टोलीले भोटखोला गाउँपालिकाको केन्द्र हटिया र गोला वजारमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट घुम्ती शिविर आयोजना गरेर नागरिकता वितरण कार्यक्रम सम्पन्न भएको छ । यस्ता कार्यहरू दुर्गम क्षेत्रमा अझ व्यापक बनाउनु पर्ने आवश्यकता रहेको माननीय राजेन्द्र गौतमको भनाई छ ।
हटियामा युवतीहरू उत्साहका साथ नागरिकता लिंदै
भ्रमणकै शिलशिलामा फ्याक्सिन्दादोभान, हेदानागढी, गोलाबजार, सिम्बुङ, हुङगुङ, छेसुम्वाडाँडा, किमाथाङ्का, अरुण तटबन्ध, कामुखोलाको मितेरीपुल, चाङा बजार, छुमसुर, चेपुवा, च्याम्ताङ, लिङगाम, नामासे, तुङखालिङ लगायतका वस्तीहरूमा सांसदहरूले भेटघाट गर्नुका साथै विकास आयोजनाको निरीक्षण पनि गरेका थिए ।
गोलामा ८२ वर्षीय वृद्धा आमा नागरिकता लिंदै
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












