हराएका बालक खोज्दा चोर भेटिएपछि…
जिरी । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ ।
मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी ग¥यो । बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पा¥यो । बालकलाई जिल्ला प्रहरी कार्यालय पु¥याएर सोधपुछ शुरु गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका–६ सिमपानीबाट रञ्जितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए । संयोगवश पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखित सामान र ती बालकले बोकेका सामान मिल्दोजुल्दो देखियो ।
प्रहरीले थप सामान खोजी गर्न बालकमाथि नै अनुसन्धान गर्न बालगृह पु¥यायो । बालगृहमा उनीहरुले लुकाएर राखेका पाठककै सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
बाँकी सामान प्रहरीले सोधपुछ गर्दै जाँदा सिमपानीकै जङ्गलमा लुकाएर राखिएको अवस्थामा भेटियो । पाठकले निवेदन माग गरेका एउटा क्यामेराबाहेकका सबै सामान ती बालकबाट फेला पारेको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
बुधबार पाठकको सिमपानीमा रहेको कटेजबाट सामान चोरी भएका थिए । सामान चोरी भएको थाहा पाएलगत्तै प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीले चोर पत्ता लगाउन सकेको थिएन । यो घटनापछि दोलखाको गौरीशङ्कर बालगृहका बालबालिका चोरीका घटनामा संलग्न भएको पाइएको छ । अहिले प्रहरीले ती बालक चोरीका घटनामा संलग्न रहेको अभियोगमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।
पछिल्लो समयमा चरिकोट बजारमा भएको अधिकांश चोरीका घटनामा बालकको संलग्नता पाइएका बेला गौरीशङ्कर बालगृहका बालकसमेत चोरीमा संलग्न देखिएका हुन् ।
प्रहरी कार्यालयमा बुधबार भिनपा–६ सिमपानी नजिकै घरमा कोही नभएको मौका पारी कटेरो फोडेर क्यामेरा, चाँदीको गरगहनालगायतका सामान चोरी भएको उजुरी परेको थियो ।
दोलखा प्रहरीले केही दिनअघि मात्रै चोरीमा संलग्न चार बालकलाई नियन्त्रणमा लिएको थियो । यही मङ्सिर १६ गते भीमेश्वर नगरपालिका–६ चरिकोटमा एकै दिन सात स्थानमा चोरी भएपछि प्रहरीले अनुसन्धानका क्रममा चोरीमा संलग्न चार बालकलाई पक्राउ गरेको थियो । पक्राउ परेका बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । कम उमेर समूहका बालक चोरीका घटनामा संलग्न भए पनि उनीहरुलाई मुद्दा लगाएर कानूनी कारवाही गर्ने व्यवस्था नभएका कारण प्रहरीले अभिभावकको जिम्मा लगाउने गरेको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












