ताजा समाचार

अन्तरप्रदेश परिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज अन्तरप्रदेश परिषद बैठक सिंहदरबारमा जारी छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री कार्यालयमा सुरु भएको छ ।

संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गर्न बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिए ।

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूका साथै गृह, अर्थलगायतका वरिष्ठ मन्त्रीहरु पनि सहभागी भएका छन् । मुख्यमन्त्रीहरुले आआफ्ना प्रदेशमा भएका कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् । मुख्यमन्त्रीहरुको रिपोर्टिङपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

प्रदेश सरकारहरुले केन्द्र सरकारले कर्मचारी, कानुन लगायतको प्रवन्धन नगरिदिँदा कामकारवाहीमा समस्या आएको गुनासो गर्दै आएका छन् । संघीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि आजको अन्तरप्रदेश परिषद बैठकलाई महत्वपूर्ण मानिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org