मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पासँग छानबिन समितिले बयान लिने
काठमाडौँ । मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले अनुसन्धान सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले छानबिन टोली गठन गरी उनलाई मन्त्रालय झिकाएर छानबिन थालेको हो ।
राजदूत शेर्पा आइतबारदेखि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा हाजिर गरेकी छिन्। उनले आइतबार नै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग स्पष्टीकरण दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले राजदूत शेर्पा आइतबार देखि सिंहदरबारमा हाजिर भएको जानकारी दिँदै समितिले उनीमाथि छानबिन सुरु गरेको पुष्टि गरे। मन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराई अस्ट्रेलिया हेर्ने महाशाखा प्रमुख तपस अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी सम्मिलित छानबिन समिति गठन गरेको छ। आज समितिले उनीसँग बयान लिने स्रोतले बतायो। उनले आइतबार नै छानबिन समितिका सदस्यहरूसँग छुट्टाछुट्टै आफ्ना कुरा राखेको परराष्ट्र स्रोतले जानकारी दियो।
राजदूत शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मावन तस्करीमा सहयोगी बनेको आरोप लगाएका छन्। उनले आफूसँग पनि शेर्पाले रकम लिएर अस्ट्रेलिया पुर्याएको आरोप लगाएका छन्।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












