प्रधानमन्त्री निवास अगाडि निर्मलाको पक्षमा प्रदर्शन गर्दा २५ अधिकारकर्मी पक्राउ
काठमाडौँ । बालुवाटास्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका २५ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी भएका अधिकारकर्मीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल पक्राउ परेका छन् ।
यस्तै, नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जि।सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायणकुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका दोषी पहिचन नहुनु सरकारको अक्षमता रहेको भन्दै शान्ति समाजले बिरोध प्रदर्शन गरेको थियो ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












