खानेपानीको समस्यामा मौलाथरवासी
बेझाड । पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् ।
गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् ।
बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ । बाउबाजेको पालादेखि नै घण्टौँ समय लगाएर पानी बोक्ने समस्या अहिलेसम्म उस्तै रहेको मौलाथरका उदयराम सोती बताउनुुहुन्छ ।
“बिहान उठेपछि सबै काम छाडेर पानी खोज्न जाने हो, पल्लो गाउँमा रहेको कुवा, धारामा पानी लिन जानेको ठूलो भीड हुन्छ, पालो पर्खेर बस्दा बिहान बित्दछ”, सोतीले भन्नुभयो । जनसङ्ख्या धेरै तर पानीको स्रोत कम हँुदा लामो समयसम्म पालो पर्खेर बस्नुपरेको उहाँको भनाइ छ ।
वर्षौदेखि यहाँ खानेपानीको चरम समस्या छ, तर अहिलेसम्म यो समस्या समाधान हुनसकेको छैन । मौलाथर गाउँमा ४२ घरधुरीका करीब ३५० जना बसोबास गर्ने गरेको स्थानीवासी रुमबहादुर रानाले बताउनुभयो । “जनसङ्ख्या बढ्दै गएको छ, खानेपानीका मुहान सुक्दैछन्, खानेपानीका साथै गाईभँैसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाह्रो छ”, उहाँले भन्नुभयो ।
चुनावका बेला गाउँमा पुगेका नेताले खानेपानी ल्याइदिने आश्वासन देखाउँदै जनतासँग भोट माग्ने गर्छन् तर चुनाव जितेपछि गाउँको विकासमा ध्यान नदिएको रानाको गुनासो छ ।
मौलाथरवासीलाई टाढाबाट पानी बोकेर जीविका चलाउन निकै कठिन छ । “समयमा नै छोराछोरीलाई स्कूल पठाउनुपर्ने, घरायसी कामधन्दा पनि सक्नैप¥यो, पानीको सुविधा नहँुदा जीविका चलाउन गाह्रो परेको छ, चुनाव आउँदैपिच्छे राजनीतिक दलका नेता तथा उम्मेदवारले पानी ल्याइदिन्छाँै, भोट देऊ भन्छन् तर चुनाव जितेपछि उनीहरु गाउँ फर्कदैनन्”, स्थानीयवासी ऋषिमाया खन्गाहा भन्नुहुन्छ ।
यहाँका स्थानीयवासीले बस्तीदेखि लगभग दुई किमी पर रहेको रिपादी धारा र माग्दी गैराबाट पानी उपभोग गर्दै आइरहेका छन् । खानेपानीको समस्या समाधान भएको खण्डमा यहाँका स्थानीयवासीले तरकारी, अन्नबाली, फलफूल लगाएर आम्दानी पनि गर्न सक्ने प्रशस्त सम्भावना छ ।
खानेपानी लिफ्टिङको योजना यो गाउँमा यसै वर्ष परे पनि काम भन्ने शुरु हुन सकेको छैन ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...