बहुस्वामित्व भएका घरमा परिवारपिच्छे अनुदान दिने
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बहुस्वामित्व भएका घरमा जति परिवारको बसोबास छ उति नै लाभग्राही मानेर अनुदान दिने भएको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका नगर क्षेत्रमा बहुस्वामित्वका घरहरू0 अनुदान सम्झौता गर्दै आएको थियो। यो ्यकारी समितिले यस्तो निर्णय गरेको हो।
यसअघि प्राधिकरणले एउटा घरमा जति वटा परिवारको बसोबास भए पनि एक जनासँग मात्रै अनुदान सम्झौता गर्दै आएको थियो। यो निर्णयपछि एउटा घरमा बसोबास गर्ने दुई वा त्यो भन्दा बढी परिवारमध्ये सबैसँग छुट्टाछुट्टै अनुदान सम्झौता हुने प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। उ
उनले भने, ‘अर्पाटमेन्टका रूपमा मानेर जति परिवार बस्छ, उतिलाई नै अनुदान दिन लागिएको हो।’
विसं २०७२ को वैशाखमा भूकम्प जानुभन्दा पहिले नै अंशवण्डापत्र भइसकेकाको हकमा प्राधिकरणले यस्तो निर्णय गरेको हो।
स्थानीय तहका सिफारिसका आधारमा उनीहरूसँग अनुदान सम्झौता गर्ने उनले बताए।
उनले भने, ‘मालपोतमा गएर कानुनी रूपमा अंशवण्डा भएर छुट्टै बसेकामात्र नभए व्यवहारिक रूपमा पनि छुट्टै बसेकाको हकमा पनि यो लागू हुन्छ।’
कानुनी रूपमा मात्र नभई व्यवहारिक रूपमा छुट्टै बसेका दुई वा त्यो भन्दा बढी दाजुभाइको घर भत्केको छ भने ती सबैसँग छुट्टाछुट्टै अनुदान सम्झौता हुनेछ । सहरी क्षेत्रमा भन्दा पनि यस्तो खालको समस्या ग्रामीण क्षेत्रमा पाइएको प्राधिकरणले जनाएको छ।
परम्परागत बस्तीमा सानो क्षेत्रफलमा बनेका घर एकीकृतरूपमा बनाउनका लागि प्राधिकरणले प्रेरित गरिरहेको छ।
एक/एक आनामा दुई/तीन वटासम्म घर बनेका छन् भने तीनलाई एउटै घर बनाएर एकभन्दा बढी परिवार बस्न प्राधिकरणले स्थानीयवासीलाई भनिरहेको हो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘तीन जनाको एक/एक आनामा घर बनाउनुभन्दा तीन आनामा बनाएर एक/एक तला प्रयोग गर्न सक्छन्।’
बहुस्वामित्वका विषयमा वा छुट्टाछुट्टै घरमा बसेर पनि कानुनी रूपमा छुट्टै नबसेका दाजुभाइका हकमा स्थानीय तहले सही सिफारिस गर्नुपर्ने ज्ञवालीको जोड छ। उनले खुकुलो नगर्दा पीडित पीडामा पर्ने र खुकुलो गर्दा सरकारको पैसा जाने त हो नि भन्दै दुरुपयोग गर्ने विगतको परम्परालाई अन्त्य गरी वास्तविक पीडितलाई सिफारिस गर्न पनि स्थानीय तहसँग आग्रह गरे।
भूकम्प गएको चार वर्ष पुग्न लाग्दासमेत निजी आवासको पुनर्निर्माण सुस्त छ । बाहिरका जिल्लामा भन्दा पनि काठमाडौं उपत्यकामा निजी आवास निर्माणले गति लिनसकेको छैन।
काठमाडौं उपत्यकामा सबैभन्दा ठूलो समस्याका रूपमा बहुस्वामित्वको घर भएको जनप्रतिनिधिले बताउँदै आएका छन्। काठमाडौं उपत्यकामा भएका २१ स्थानीय तहमध्येमा पनि ग्रामीण वडामा भन्दा नगर क्षेत्रमा पुनर्निर्माणको काम सुस्त छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प गएलगत्तैदेखि अहिलेसम्म नौ लाख ९६ हजार ५८२ घरको सर्वेक्षण गरेको थियो । तीमध्ये प्रवलीकरणमा परेका लाभग्राही ६९ हजार ८९१ छन् । प्राधिकरणमा दर्ता भएका कूल गुनासो दुई लाख ३७ हजार ८५ रहेकोमा फर्यौछट भएको गुनासो दुई लाख पाँच हजार ५८४ छ । भूकम्पबाट प्रभावित जिल्लामा आठ लाख २२ हजार ७१९ लाभग्राही सूचीमा परेका छन् । तीमध्ये सात लाख ३८ हजार ५२३ सँग अनुदान सम्झौता सम्पन्न भइसकेको छ ।
प्राधिकरणले सात लाख ३१ हजार ४४१ लाई पहिलो किस्ता वितरण गरिसकेको छ । त्यस्तै, पाँच लाख २१ हजार ४३१ लाई दोस्रो किस्ता र तीन लाख ३१ हजार ५४३ लाभग्राहीलाई तेस्रो किस्ता वितरण गरिसकेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार छ लाख छ हजार ०९५ घर बन्दै गरेका छन् । तीन लाख ४७ हजार ३११ लाभग्राहीले घर बनाइसकेको प्राधिकरणले जनाएको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












