लैंगिक हिंसाबिरुद्ध पत्रकारहरूको साझा प्रतिवद्धता
काठमाडौँ । उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफूले लैंगिकहिंसा विरुद्धका मुद्दालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफूलगायत कैयौं सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारले समेत लैंगिकहिंसा खेप्नुपरेको अनुभव सहभागी महिला पत्रकारहरूले सुनाएका छन् ।
यस्तै युएन वुमनका विकासका लागि सञ्चार अधिकृत आश्मा श्रेष्ठले राज्यको चौंथो अंग नै पत्रकार भएकाले पत्रकारले आफ्नो पत्रकारितामार्फत लैंगिकहिंसाका मुद्दालाई प्राथमिकता दिन जोड दिए । सामुदायिक सुचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले अझै ८७ प्रतिसत नागरिकले महिलाहिंसा बिरुद्ध भएका कानुनको बारेमा अझै जानकारी नपाएको सर्वेक्षणले देखाएको बताउदै सञ्चार माध्यमले यो बिषयमा प्राथमिकता दिनु पर्ने बताए । सहभागी पत्रकारहरूबीचको छलफलबाट आगामि दिन लैगिंकहिंसा बिरुद्ध नियमित कार्यक्रम गर्ने निष्कर्ष निकालिएको आचार्यले जानकारी दिए ।
Comments
अरु समाचार
-
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि...
-
मध्यपहाडी लोकमार्गः कास्की–बागलुङखण्डको १९३ किलोमिटर सडक कालोपत्रे
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्रे भएको छ । कूल दुई सय ५०...
-
आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु
काठमाडौं । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
-
लस एन्जलसमा लागेको आगो अझै आएन नियन्त्रणमा,बिहीबारसम्म पाँच जनाको मृत्यु
काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको...
-
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
काठमाडौं । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ...
-
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
काठमाडौं । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि...
-
काठेखोलामा वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री
काठमाडौं । काठेखोला गाउँपालिका-६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन्। गाउँपालिकाका...
-
आगलागीमा परी एकको मृत्यु
काठमाडौं । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे...