फोटो पत्रकार पक्राउ परेकोमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार खुसी, पत्रकारमाथि दुर्व्यवहारको यसरी गरे ढाकछोप
काठमाडौँ । फोटो पत्रकार पक्राउ परेकोमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले खुसी भएको आशय व्यक्त गर्दे ट्वीट गरेका छन् । देश सञ्चार अनलाइन पत्रिकाकी फाटो पत्रकार बर्षा शाहलाई बिहीबार फोटो खिचेकै कारण प्रहरीले पक्राउ गरेको घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सो आशयको ट्वीट गरेका हुन् । उनले अफवाह मात्रै रहेको दाबी गर्दे पत्रकार गिरफ्तारीको समर्थन गरेका छन् ।
घटनाका सम्बन्धमा पक्राउ गर्ने प्रहरीका डिएसपीले गल्ती भयो भनेर मौखिक रूपमा माफी मागे पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले भने घटनालाई अफवाहको रुपमा फैलाउन खोजिएको बताएका हुन् । प्रहरी प्रशासनले गल्ती स्वीकार गरे पनि कुनै समय आफू पनि पत्रकार रहेका अर्यालले भने घटना स्वीकार गर्नुको साटो उल्टै पत्रकारमाथि नै प्रश्न गर्ने खालको ट्वीट गरेका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘अफवाह नफैलाउँ । समय नै नलिइ राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाएरै छाड्ने ढिपी गर्नेलाई अरु देशमा के गरिन्छ रु कानुन बमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्बिर उतार्ने छवीकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन्, सोधखोज गर्न केहीबेर रोक्छन् ।’
हेर्नुहोस् प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको ट्वीट
अफवाह नफैलाऔं। समय नै नलिइ राष्ट्रपति कार्यालमा ज्ञापनपत्र बुझाएरै छाडने ढिपी गर्नेलाई अरु देशमा के गरिन्छ?कानुनवमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्वीर उतार्ने छविकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन, सोधखोज गर्न केहीबेर रोक्छन।# responsible journalism
— Kundan Aryal (@TheRealKalamchi) December 14, 2018
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












