सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित
वीरगञ्ज । देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् ।
यसै क्रममा पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे छ किलोमिटरसम्म स्ट्रिटसोलार लाइट (सडक सौर्य बत्ती)जडान गरेपछि त्यस भेगका करीब २० हजार जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७४/७५ को योजनाअन्तर्गत छिपहरमाई गाउँपालिकाको वडा नं १ देखि ५ सम्म भिस्वा, जयमङ्गलपुर, टिहुकी, मलमैया हुँदै मिर्जापुरसम्म करीब साढे छ किलोमिटर स्ट्रिटसोलार लाइट जडान गर्ने लक्ष्य रहेकामा पहिलो चरणमा ४० लाइट जडान गरिएको छ ।
प्रतिलाइट रु एक लाख पाँच हजार ३०० का दरले हाल रु ४२ लाख १२ हजार लागतमा ४० लाइट जडान गरिएको छ, छिपहरमाई गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले राससलाई भन्नुभयो, बाँकी ४० लाइट दोस्रो चरणको कार्यक्रमअन्तर्गत जडान गरिनेछ ।
भिस्वा बजारबाट पश्चिमी पर्साको भारतीय सीमासँग जोडिएको गाउँसम्म मानिसलाई रातको समयमा आवतजावत गर्न अप्ठ्यारो हुँदा लाइट जडान भएपछि राति अबेरसम्म मानिस सुरक्षित हिँडडुल गर्न सजिलो भएको वडा नं ३ का वडाध्यक्ष विनोदप्रसाद कानुको भनाइ छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












