यसपटक पनि एसईई परीक्षाको व्यवस्थापन केन्द्रबाटै,प्रश्न प्रदेशपिच्छे फरक गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय हुन बाँकी
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः केन्द्रले नै व्यवस्थापन गर्ने भएको छ । २०७५ सालदेखि प्रदेश सरकारले एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने भनिएपनि जनशक्ति अभाव र संयन्त्र तयार नभएको भन्दै केन्द्रले नै जिम्मेवारी निर्वाह गर्ने भएको छ ।
पुरानो परीक्षा नियन्त्रण कार्यालय गत असोजमा खारेज भएर अहिले नाम फेरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० नामांकनसहितको कार्यालय अहिले खडा भएको छ । कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले अहिले आफूहरु संक्रमणकै अवस्थामा रहेको बताउँदै परीक्षाको नेतृत्व राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने बताए ।
उनले सिद्धान्ततः यस वर्षबाट एसईई परीक्षा प्रदेशलेनै लिनुपर्ने हो तर प्रदेशको सबै संयन्त्र तयार भइनसकेकोले कापी व्यवस्थापन र परीक्षा सञ्ंचालनको काममात्रै प्रदेशलाई जिम्मा दिइएको जानकारी दिए ।
नियन्त्रक अधिकारीले यसपटक प्रश्नपत्रको तयारीदेखि नतिजा प्रकाशनको कामसमेत केन्द्रबाटै हुने बताउँदै २०७६ सालबाट प्रदेश स्तरमै परीक्षा सञ्चालन हुने जनाए । उनले कापीको छपाइ कार्य प्रदेशले गरिरहेको बताउँदै भने, “परीक्षा सञ्चालनको जिम्मेबारी प्रदेश सरकारलाई नै छ । उनीहरुले केन्द्र निर्धारण गर्ने र सञ्चालन गर्ने कामको व्यवस्थापन गर्छन् । कुन प्रदेशले कहाँको कापी जाँच्न पाउने वा नपाउने हामीले तय गर्छौ । तर, जँचाउने काम प्रदेशले गर्नेछ ।”
नियन्त्रक अधिकारीका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षाको समन्वय गर्छ । उनले यस वर्ष गत वर्षको तुलनामा विद्यार्थी संख्या बढ्ने अवस्था देखिएको बताउँदै भने, ‘‘कुनै थप नयाँ व्यवस्थापन गर्नु पर्नेछ भने केन्द्रले निर्धारण गर्छ । नभए पुरानै चलन अनुसार शिक्षा समन्वय समिति र सिडियोको अध्यक्षतामा सञ्चालन हुनेछ ।’’
उनले परीक्षामा सम्मिलित हुने समग्र विद्यार्थी संख्या अहिले आइ नसकेको बताउँदै भने, ‘‘तर ५ लाखभन्दा बढी नहोला भन्ने प्रारम्भिक अनुमान छ ।’’ उनले अहिले ‘इन्ट्रि’ गर्ने काम बाँकी रहेको बताउँदै भने, ‘‘संख्या ४ लाख ८० हजार सम्म पुग्छ होला । गत वर्ष एसईईमा कूल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी थिए ।’’
नियन्त्रक अधिकारीले आफूहरुले अहिले प्रश्नपत्र सेटिङ्को काम गरिरहेको बताए । उनले प्रश्नपत्र पनि प्रदेश अनुसार फरक हुने कि नहुने निर्णय नभएको जनाउँदै भने, ‘‘हाम्रो धारणा अनुसार अनिवार्य विषयको प्रश्नपत्र प्रदेशअनुसार फरक गर्ने हो कि भन्ने छ । तर, बोर्डले निर्णय गरेपछिमात्रै यस विषयमा केही भन्न मिल्छ ।’’
परीक्षा चैत्र १० बाट सुरु हुँदै
यस वर्षको एसईई परीक्षा चैत्रको १० गतेबाट सुरु हुने भएको छ । बोर्डले चैतको १० गते आइतबारबाट सुरु भई २१ गते बिहीबारसम्म जारी रहने जनाएको छ । परीक्षा विहान ८ देखि ११ बजेसम्म हुने तालिका सार्वजनिक गरिएको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












