ताजा समाचार

सर्वोच्चको आदेशलगत्तै दीपक मनाङ्गे थुनामुक्त

काठमाडौँ । सर्वोच्च अदालतको आदेशलगत्तै गुण्डानाइके दीपक मनाङ्गे भन्ने राजीव गुरुङ बिहीबार थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागारले थुनामुक्त गरेको हो ।

प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयीसमेत भएका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

मनाङ्गेलाई तत्कालिन पुनरावेदन अदालत पाटनले पाँच वर्ष थुनामा राख्न आदेश दिएको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी स्वयम्भूबाट पक्राउ परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org