पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने
काठमाडौं । इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीले शुक्रबार इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो। १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले शुक्रबार यस्तो निर्णय गरेको हो।
सेवा प्रदायक कम्पनीको तर्फबाटसंचार तथा सूचना प्रविधिमन्त्रीको नाममा अध्यक्ष भोजराज भट्टले निवेदन लेख्दै यो जानकारी गराएका हुन्। निवेदनमा अतिरिक्त कर कार्यान्वयन गराउँदा सरकारप्रति नकारात्मक जनगुनासा आएको भन्दै मन्त्रीको रोहबरमा सम्पूर्ण करोकारवाला निकायसँगको सहकार्यमा समिति गठन गरी इन्टरनेटको मूल्य समायोजन गर्ने सम्झौता भएको तर यो सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइएको छ।
‘मन्त्रीज्यू सम्झौताको मूल मर्म भनेको १३ प्रतिशत अतिरिक्त शुल्क पुरानै दररेटमा समायोजन गर्ने, इन्टरनेटको सेवा प्रदायकको माग सम्बोधन गरी शुल्क समायोजन गर्नको लागि नीतिगत सहयोग गर्ने, इन्टरनेट सेवा प्रदायकले पनि समायोजनामा योगदान गर्ने इन्टरनेट सेवामा मूल्य वृद्धि हुने गरी कुनै पनि सरकारी निकायले कामकारबाही नगर्न अनुरोध गर्ने नै थियो’, निवेदनमा भनिएको छ, ‘सम्झौता भएको पाँच महिना व्यतित भैसक्दा पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनका लागि पटकपटक अनुरोध गर्दासमेत कुनै निकास नआएको हुँदा यस सेवा प्रदायक संस्थाको आकस्मिक बैठकले पुस १५ गतेबाट लागु हुने गरी १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको हुँदा सोको जानकारी गर्दछौँ।’
Comments
अरु समाचार
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको...
-
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
काठमाडौं । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको...