ताजा समाचार

‘क्रिसमस डे’मा राष्ट्रपति भण्डारीद्वरा शुभकामना व्यक्त, संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

‘क्रिसमस डे’ का अवसरमा राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो भन्दै हाम्रा बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताइएको छ ।

नेपालमा मनाइने चाडपर्वले विभिन्न सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा यस्ता पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org