ताजा समाचार

करेन्ट लागेर नेपाल आइडल रवि ओडकी आमाको मृत्यु

काठमाडौँ ।  दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ।करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विस्नालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो।घटना सम्बन्धीको पूर्ण विवरण आउन भने बाँकी रहेको छ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याको थियो।रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org