चन्द्रागिरीमा बुटिक होटल निर्माण अन्तिम चरणमा, यि हुन् होटलमा पाइने सुविधा (फोटोफिचरसहित)
काठमाडौँ । चन्द्रागिरीमा निर्माण भइरहेको पाँचतारे होटलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । एक वर्षभित्र सञ्चालनमा ल्याइसक्ने गरी चन्द्रागिरी हिल्स लिमिटेडले होटलको निर्माण गरिरहेको हो । बुटिक होटलको अवधारणा अनुसार निर्माणको काम भइरहेको चन्द्रगिरी हिल्स लिमिटेडका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर अभिशेक विक्रम शाहले न्युज–नेपाललाई जानकारी दिए । उनले भने,‘यो नेपालकै नमुना होटल बन्नेछ ।’ होटललाई सकभर छिटो संचालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ ।’
होटलको आकर्षण
होटलको बाहिरी बनावटदेखि भित्री भागसमेत ऐतिहासिक झझल्को दिने काष्ठकलाको प्रयोग हुनेछ । होटलको बाहिरी भागमा मन्दिरको जस्तै टुँडाल र भित्रीभागमा ऐतिहासिक तथा पुरातात्त्वहिक चित्र कुँदिएका हुनेछन् । जुन होटलको मुख्य आकर्षण बन्ने निर्माण कम्पनीको भनाइ छ । म्यानेजर शाहाले होटल ऐतिहासिक बन्ने बताए । उनले भने, ‘ऐतिहासिक महत्त्व बोकेको चन्द्रगिरी डाँडामा होटल पनि ऐतिहासिक नै बन्नेछ,’ उनले थपे, ‘जसले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गर्ने छ ।’
ऐतिहासिक महत्त्व
तत्कालिक समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले सोही स्थानबाट काठमाडौंमाथि आँखालगाई विजय प्राप्त गरेका कारण सो स्थानमा उनकै (गोरखा दरबार) दरवरजस्तो होटल निर्माण गर्न लागिएको हो । त्यसैले गोरखा दरबारको डिजाइनमा होटल बनिरहेको छ । सो स्थान र राजा पृथ्वीनारायण शाहबीच ऐतिहासिक महतत्त्व जोडिएका कारण होटल पनि गोरखा दरबारकै डिजाइन बनाइएको हो ।
खर्च
१ अर्ब २५ करोड लागत होटल निर्माणको खर्च १ अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ । चन्द्रगिरी हिल्सले यसै स्थान आसपासमा ३ अर्ब ५० करोडको लागतमा मेगा प्रोजेक्ट बनाइरहेकोमा होटल निर्माणका लागि मात्र सो रकम छुट्याइएको हो ।
सुविधा
विदेशी पर्यटकलाई लक्षित गरी निर्माण गरिएको होटलमा एकसय बेडरुम हुेनछन् । डिलक्स रुम पनि हुने । चन्द्रागिरी हिल्सले सो स्थानमा केवलकार, भ्यू टावर, रेष्टुराँ, फनपार्क, सेमिनार हलनिर्माण सम्पन्न गरिसकेको छ । होटलसम्म थानकोटबाट गल्फकार्ड (बग्गी जस्तो विद्युतिय गाडी) र केवलकारबाट पुग्न सकिने छ । अहिले त्यहाँ पुग्न केवलकारको प्रयोग भइरहेको छ । होटल संचालनमा आएसँगै गल्फकार्ड समेत संचालनमा ल्याइने म्यानेजर शाहले जानकारी दिए । होटलमा एकसय वटा बेडरुम हुनेछन् भने २ वटा रेष्टुराँ र स्वीमिङपुल रहनेछ । यस्तै २ वटा टेनिसकोर्ट, २ वटा हेलिप्याट ल्याण्ड गर्ने ठाउँ र ३ वटा कन्फ्रेन्स हल हुनेछ । सो रिसोर्टको सबै कोठाबाट वरिपरिको स्थानको अवलोकन गर्नु सकिनुका साथै हिमालको समेत दृश्यवलोकन गर्न सकिनेछ ।
सबै तस्बिर : रमेश दवाडी/ न्युज-नेपाल
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












