ताजा समाचार

चोलेन्द्रशम्शेरमाथि परेको मुद्दाको छलफल १५ पुसमा

काठमाडौँ । संसदको सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पुस १५ गते बोलाएको छ ।
शुक्रबार बसेको बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न पुस १५ गते दिउँसो २ बजेलाई बोलाएको हो ।
जबराविरुद्ध सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org