‘सबैले सम्मानजनक जीवन जिउने आधार तयार भएको छ’
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव बिष्णु पौडेलले मुलुकका सबै जाति, धर्म र भाषाभाषीले सम्मानजनक जीवन जिउने आधार तयार भएको बताउनुभएको छ ।
सबै जाति, भाषा, धर्म र संस्कृतिको उजागर गर्ने कार्यमा सरकार अगाडि बढेको बताउँदै उहाँले अब आर्थिक हिसाबले सबैको स्तर समान बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा गर्दै नेता पौडेलले सरकार सबै प्रकारका विभेदको अन्त्य भएको समाज निर्माणको अभियानमा लागेको बताउनुभयो ।
“जनचाहना बाहिर सरकार रहन सक्दैन”, उहाँले भन्नुभयो, “कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा पनि छलफल गर्छांै ।” जनतालाई लोकतान्त्रिक अधिकारयुक्त बनाएर सम्मानजनक जीवन जिउन पाउने आधार संविधानलेनै तय गरेको भन्दै उहाँले व्यवहारिक कार्यान्वयनमा लाग्न सबैलाइ आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनताको आर्थिकस्तर माथि उठाउने प्रयत्नमा सरकार लाग्नुपर्ने बताउनुभयो । जनताको आर्थिकस्तर बलियो नहुँदासम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने भन्दै उहाँले आयस्तर बढाउनेतर्फ सङ्घ, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो । काङ्ग्रेसका नगर सभापति खेलराज पाण्डेले सबैका पहिचानलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष रामबहादुर गुरुङ, सचिव ओमप्रकाश गुरुङ लगायतले तमु ल्होसार पर्वको बिदा पुनः स्थापित गर्न माग गरेका थिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












