७ प्रतिशत कर्णालीवासी कम्तीमा १ दिन भोकै
काठमाडौँ । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले न्यायालय, संसददेखि निर्माण क्षेत्रमा व्याप्त बेथितिलाई प्राथमिकतापूर्वक उठाएका छन् । त्यस्तै, प्रधानन्यायाधीशको सुनुवाइमा भइरहेको बिलम्ब र वाइडबडी भ्रष्टाचारबारेका समाचार पनि आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।
निरन्तर संघीय संसद् र सांसद्का गल्ती औंल्याउँदै आएको कान्तिपुरले आज यसका पदाधिकारीहरुको गाडीमोहबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सभामुख र राष्ट्रियसभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसदका पदाधिकारीले एउटा मात्रै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ । तर, सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गर्दै आइरहेको कान्तिपुरको समाचारमा उल्लेख छ । त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २–२ वटा गाडी चडिरहेका छन् ।
७ प्रतिशत कर्णालीवासी कम्तीमा एक दिन भोकै हुने गरेको अर्को खबर पनि कान्तिपुरमा छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले कर्णालीवासी भोकै बस्नु परिरहेको छ ।
कान्तिपुरका अनुसार, कर्णालीको जनसंख्या करिब ३० लाख छ । यीमध्ये २ लाख १० हजार सर्वसाधारण कम्तीमा एक दिन भोकै बस्छन् ।
तमु ल्होसारका अवसरमा सजिएका सुन्दरीहरुको तस्वीर छापेको अन्नपूर्णले वाइडबडीमा भ्रष्टाचार ठहर भएको लेखेको छ । संसदीय उपसमितिले वायु सेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गरेको हो । समाचार अनुसार उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृति गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ ।
समायोजन गरिँदा आकर्षक ठाउँमा पर्न कर्मचारीहरुले ठेगाना परिवर्तन गर्न थालेकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा कभरेज गरेको छ । समाचार अनुसार कर्मचारी समायोजनमा स्थायी ठेगानालाई प्रमुख आधार बनाइने भएपछि १ हजारभन्दा बढी कर्मचारीले ठेगाना परिवर्तन गरिसकेका छन् ।
नयाँ पत्रिकाले ‘हाइड्रोका ‘पप्पु’: २४ ठेक्का अपूरै’ शीर्षक दिएर विभिन्न आयोजनाका ठेक्का लिएर अर्घेल्याइ गर्ने निर्माण कम्पनीबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, इआरएमसी नामक कम्पनीले सडक, पुल, विमानस्थल, सिँचाइ आयोजना अध्ययनको ठेक्का लिने तर काममा भने विलम्ब गर्ने गरेको छ । २० आयोजना उसले ओगटेर बसेको समाचारमा लेखिएको छ ।
राजधानीले ५२ हजार कर्मचारीको विवरण समायोजनका लागि तयार भएको लेखेको छ । सरकारले बुधबारदेखि थालेको समायोजन प्रक्रियामा पाँच दिनभित्रै १२ हजार सहभागी भएको पनि समाचारमा उल्लेख छ ।
कांग्रेस–सरकार दूरी बढेको, निजी विद्यालयले मनपरी शुल्क असुलेकोलगायत विषयलाई पनि आज राजधानीले प्राथमिकताका साथ उठाएको छ ।
नागरिकले ‘न्यायालयमा बिचौलिया राज’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले न्यायालयमा अनियमितता रहेको स्वीकारेका छन् । उनले बिचौलियामाथि कारबाही गर्ने प्रतिबद्धता पनि संसदीय सुनुवाइ समितिमा स्वीकारेको समाचारमा उल्लेख छ ।
नेकपामा तीन गुट सक्रिय बन्न थालेको अर्को खबर पनि नागरिकमा छ । नागरिकका अनुसार, सक्रिय गुटहरुले महाधिवेशनको पूर्वाभ्यास दिएका छन् ।
गोरखापत्र दैनिक औपचारिक समाचारहरुले भरिएको छ । उसले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हेर्दाहेर्दैमा परेकोदेखि सुरक्षानीतिबारे छलफल भएकोसम्मका खबर छापिएका छन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












