‘काँग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’
काठमाडौँ । नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ ।
महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आज पत्रकार एवं बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको जनाएको छ ।
सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेस समावेशी र पारदर्शी पार्टी भएको बताउनुभयो । उहाँले एक प्रसङ्गमा निर्मला पन्त हत्या प्रकरणमा काँग्रेस वा कम्युनिष्ट वा प्रहरी जो दोषी भए पनि छाड्न नहुनेमा जोड दिँदै पत्रकारले पनि दोषी खोज्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’ नै सच्चा समाजवाद हो र समाजवाद मिसिएको लोकतन्त्र नै सच्चा समाजवाद हो भन्दै पार्टीले कम्युनिष्टहरुसँग समाजवादबारे बहस गर्न चाहेको स्पष्ट गर्नुभयो । पार्टीले राजनीतिलाई सिद्धान्तमा उभिने र सम्मानित बनाउन चाहेको पनि उहाँले बताउनुभयो । महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्टहरुले आफूँसँग जति छ त्यसलाई बराबरी वितरण गर्न चाहेको तर काँग्रेसले उत्पादन वृद्धि गरी बराबरी बाँड्न चाहेको भन्दै दुई दलको समाजवादको परिभाषा यसरी नै फरक भएको विचार व्यक्त गर्नुभयो ।
पार्टी उपसभापति विमलेन्द्र निधिले आगामी दिनमा सदन र संसद्मा पार्टीको भूमिका बढाइने, प्रशिक्षण एवं सङ्गठन सुदृढ गरिने तथा निर्वाचन जित्न निरन्तर तयारी गरिने जानकारी दिनुभयो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले पत्रिकाका स्तम्भकार, नागरिक समाज आदिसँग निरन्तर अन्तरक्रिया गरिरहेको र आगामी दिनमा पनि सुझावहरु लिइरहने बताउनुभयो ।
सो अवसरमा समाचार समिति, दैनिक र साप्ताहिक पत्रिका, अनलाइन मिडिया तथा पत्रकार सङ्गठनका प्रतिनिधि र बुद्धिजीवीले काँग्रेसलाई आफ्नै सिद्धान्त र धरातलमा उभिन, आफ्नो स्थिति स्पष्ट गर्न, कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र प्रजातान्त्रिक समाजवादबारे भिन्नता छु्ट्याउन, धर्मबारे स्पष्ट विचार राख्न, सत्तामा आउने मार्गचित्र तयार गर्न, नयाँ मतदातालाई सन्देश दिन, राजनीतिक कार्यदिशा स्पष्ट गर्न, संसद् अवरुद्ध नगर्न, आफ्ना गल्तीको इमान्दारीपूर्वक समीक्षा गर्न, जनतासँग संवाद गर्न, सङ्घीयता र धर्मनिरपेक्षताबाट पछि नहट्न, मुलुकको समृद्धिको नेतृत्व गर्न तथा गैसस र अन्तरराष्ट्रिय गैससबाट प्रभावित नहुन सुझाव दिएका थिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












