पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनेसक्ने गरी चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन तयार, डा. केसीसँग रुष्ट
काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले डा.गोविन्द केसी र सरकारबीच भएको सहमति विपरित एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनेसक्ने गरी चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन तयार पारेको छ ।
डा.केसीको २७ दिन लामो अनसनपछि १० साउनमा सरकारले गरेको नौबुँदे सहमतिमा उपत्यकामा १० वर्ष मेडिकल कलेज नखोल्ने र एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने उल्लेख थियो ।
शिक्षा समितिले ‘यो ऐन प्रारम्भ हुनुअघि सम्बन्धन पाइसकेका आसयपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला बाहेकका शिक्षण संस्थाको स्थापना र सञ्चालन गर्न यो उपदफाले बाधा पुग्ने छैन’ भन्ने दफा राखेर प्रतिवेदन बनाएको छ । डा। केसीसँग भएको सहमतिले उपत्यका बाहिर पनि मेडिकल कलेज नखुल्ने अवस्था आएको नेकपाका सांसदहरुको तर्क छ ।
साथै ‘उपत्यका बाहिर सम्बन्धन दिने सम्बन्धमा चिकित्सा शिक्षा आयोगले नीति बनाएर लागू गर्नेछ’ भनिएको छ ।प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक पास भए झापाको बी एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउनेछ ।
यो नेकपा निकट दुर्गा प्रसाईंको मेडिकल कलेज हो । आशयपत्र लिएर पूर्वाधार पूरा गरेको बी एण्ड सीले राजनीतिक दबावको भरमा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिने प्रयास गरेको थियो । तर, माथेमा आयोगले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी कलेजलाई सम्बन्धन दिन नहुने सिफारिस गर्यो । डा.केसी र सरकारबीच भएको सहमतिमा पनि यो बुँदा पर्यो ।
अब उपत्यका बाहिर मेडिकल कलेज खुल्न नयाँ विश्वविद्यालयले सम्बन्धन दिन सक्नुपर्छ । शिक्षा तथा स्वास्थ्य समितिको बैठक अहिले बसिरहेको छ । समितिको प्रतिवेदनमा प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले भने फरक मत राख्ने बताएका छन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












