पर्यटकीय गन्तव्य बन्दै ‘राम्चेढुङ्गा’
बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गा पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ । मनोरम भूवनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन यहाँको मुख्य आकर्षणक बन्न थालेको छ । गाउँको उत्पादन, कला र संस्कृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।
समुद्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुङ्गा प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिएको छ । वडा कार्यालयको पहलमा गत असोजमा प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिएको थियो । प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गरिएकाले उक्त स्थान पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको हो ।
गलकोट र आसपासका आन्तरिक पर्यटकको रोजाइँमा राम्चेढुङ्गा पर्न थालेको छ । छोटो अवधिको घुमघाम र वनभोजका लागि आउने पनि उत्तिकै छन् । पर्यटकको सुविधालाई लक्षित गरेर सडक, खानेपानी, शौचालय, वनभोजस्थलजस्ता संरचनाको निर्माण गरिएको छ ।
मञ्च, खेलमैदानजस्ता अन्य पूर्वाधार पनि बनेका छन् । राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले निर्माण र प्रवद्र्धनको काम गर्दै आएको छ । “पर्यटकीय पूर्वाधार निर्माणमा केन्द्रित छौँ”, केन्द्रका अध्यक्ष विष्णु थापाले भन्नुभयो । गत आवमा नगरपालिकाबाट छुट्याइएको रु १० लाख पूर्वाधारमा खर्च भएको छ ।
गाउँलेले पनि आर्थिक सहयोग र श्रमदान गर्दै आएका छन् । केहीले जग्गासमेत निःशुल्क उपलब्ध गराएका छन् । पदमार्ग, दृश्यावलोकन स्तम्भ, बगैँचा, विश्रामस्थल, मन्दिर, सङ्ग्रहालयलगायत संरचना पनि बनाउने योजना समितिको छ ।
“राम्चेढुङ्गालाई अर्को पर्यटकीय गन्तव्य घुम्टेसँग पदमार्गले जोड्ने योजना छ”, अध्यक्ष थापाले भन्नुभयो । पर्यटकीय पूर्वाधार निर्माणमा चालू आवमा कतैबाट पनि बजेट उपलब्ध नभएको समितिको गुनासो छ । नगरपालिका र वडाबाट पनि बजेट छुट्याइएको छैन ।
प्रदेश र केन्द्र सरकारसँग पनि बजेट माग्न समितिले पर्यटन विकासको अवधारणा बनाएको छ । राम्चेढुङ्गा नजिकको गाउँमा घरबास (होमस्टे) सञ्चालनका लागि समेत पहल अघि बढाइएको छ ।
वडा कार्यालयले प्याराग्लाइडिङको व्यावसायिक उडानको सम्भाबना देखेर लगानी गर्ने सोच बनाइएको छ । राम्चेढुङ्गामा एकीकृत पर्यटन विकास योजना बनाइने वडाध्यक्ष टीकाबहादुर थापाले बताउनुभयो ।
मध्यपहाडी पुष्पलाल लोकमार्गबाट राम्चेढुङ्गा पुग्न पाँच किमी कच्ची सडक पार गर्नुपर्छ । पैदलयात्रा गर्न रुचाउनले एक घण्टामा गन्तव्यस्थल पुग्न सक्छन् । त्यहाँ पुग्दा देखिने अन्नपूर्ण, माछापुछ«ेलगायत हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्छ । गलकोट उपत्यका पनि राम्चेढुङ्गाबाट प्रष्टै देखिन्छ ।
पर्यटन प्रवद्र्धनको उद्देश्यले गएको पुस १५ मा आयोजित पर्यटन मेलाले पनि राम्चेढुङ्गाको महत्व बढाएको छ । तीन दिनसम्म चलेको मेलामा स्थानीय उत्पादन, कला, संस्कृति र खेलकूदले आकर्षण थपेको थियो । अघिल्ला वर्षमा वनभोजसहित सामान्य कार्यक्रम गर्दै आएको केन्द्रले पहिलोपटक मेला आयोजना गरेको हो । वर्षौंसम्म ओझेलमा परेको पर्यटकीय गन्तव्य गाउँलेको पहल र मेहनतपछि चर्चामा आएको हो ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












