पश्चिमी वायुको प्रभावले वर्षा, चन्द्रागिरीमा हिउँ हेर्नेको घुइँचो
काठमाडौँ । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ । चन्द्रागिरीमा हिउँ हेर्न जानेको भिड बढेको छ ।
सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा भएपनि बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
विभागका अनुसार मङ्गलबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै बुधबार पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
मध्यपहाडी लोकमार्गः कास्की–बागलुङखण्डको १९३ किलोमिटर सडक कालोपत्रे
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्रे भएको छ । कूल दुई सय ५०...
-
आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु
काठमाडौं । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
-
लस एन्जलसमा लागेको आगो अझै आएन नियन्त्रणमा,बिहीबारसम्म पाँच जनाको मृत्यु
काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको...
-
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
काठमाडौं । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ...
-
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
काठमाडौं । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि...
-
काठेखोलामा वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री
काठमाडौं । काठेखोला गाउँपालिका-६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन्। गाउँपालिकाका...
-
आगलागीमा परी एकको मृत्यु
काठमाडौं । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे...
-
गैँडाको खाग र लागु औषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ...