मन्त्रीको भ्रमणमा अढाई करोड स्वाहा, लालबाबु र रवीन्द्र अग्रपंक्तिमा
काठमाडौँ । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा डा. गोविन्द केसीले बुधबारबाट थालेको १६ औं अनसन र नेपाल–जापानबीच भएको हवाई सम्झौता परेको छ । छाउगोठमा आमासहित दुई बालक जलेको बाजुराको दुःखद् खबरलाई पनि आजका पत्रिकाहरुले छापेका छन् ।
नयाँ पत्रिका दैनिकले अन्य आज चर्चामा रहेका भन्दा फरक विषय सांसद्का पिएबारे मुख्य समाचार बनाएको छ । लोकसेवामा ६ हजार पदमा ६ लाख आवेदन परे पनि सांसद्का पिएलाई भने नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर दिने गरेको समाचारको सार छ ।
नयाँ पत्रिका लेख्छ– सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरुबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसद्का आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरुको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन ।’
बाटो फेला परेको नागरिकता प्रयोग गरेर भएको ठगीबारेको खबरलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ । काभ्रे घर भई कोटेश्वर बस्ने विजयनारायण श्रेष्ठ र रमेश दाहालले बाटोमा भेटेको लीलाप्रसाद श्रेष्ठको नागरिकता दुरुपयोग गर्दै कम्पनी खोलेर ठगी गरेका हुन् । श्रेष्ठको नागरिकताबाट खोलेको कम्पनीले ७८ करोड कर नतिरेको पत्र प्राप्त भएपछि यस्तो तथ्य खुलेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । समाचार अनुसार, एकैपटक ७८ करोड कर तिर्न पत्र आएपछि श्रेष्ठ बेहोस भएका थिए । यो धन्दामा कम्पनी रजिस्ट्रारका सहसचिवको समेत मिलेमतो पाइएको छ ।
कान्तिपुरले मन्त्रीले भ्रमणका नाममा अढाइ करोड सकाएको लेखेको छ । प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झक्झकाइरहेका भए पनि १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणका नाममा अढाई करोड सकाएका छन् ।
कान्तिपुरका अनुसार, सबैभन्दा धेरै भत्ता बुझ्नेमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन् । उनले पछिल्लो १० महिनामा जिल्ला भ्रमणका नाममा १३ लाख ८३ हजार ८६० रुपैयाँ बुझेका छन् । धेरै भत्ता बुझ्नेको दोस्रो नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र तेस्रोमा गिरिराजमणि पोखरेल पर्छन् । उनीहरुले क्रमशः १२ लाख ९७ हजार ७ सय ७० र १० लाख ३३ हजार ४ सय ७० लिएका छन ।
मन्त्री जगतबहादुर विश्वकर्माले ९ लाख ५५ हजार ५ सय ३० सकाएका छन् भने रघुवीर महासेठले ९ लाख १८ हजार ४ सय ३५ जिल्ला भ्रमणको नाममा स्वाहा गरेका छन् ।
अन्नपूर्ण र राजधानीले बाजुराको बूढीनन्दा नगरपालिका–९, अगाउँपानीमा मंगलबार राति लागेको आगोमा जलेर आमासहित दुई बालकको ज्यान गएको खबरलाई मुख्य समाचार बनाएका छन् । चिसोका बेला छाउगोडमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया आमा अम्बा बोहोरा, उनको छोरा १२ वर्षीय सुरेश बोहोरा र नौ वर्षीय रमित बोहोरा छन् ।
राजधानीमै निर्मलाको भेजिनल स्वाबमै शंका उत्पन्न अर्को खबर पनि छ । समाचार अनुसार, भेजिनल स्वाबमा शंका उत्पन्न भएपछि वैधानिकता जाँच्न आमाको रगत लिइएको छ ।
गोरखापत्रले नेपाल–जापानबीच हवाई र श्रममा सहमति भएको लेखेको छ । नेपाल र फ्रान्सबीच परामर्श बैठक सुरु भएको, सर्भिस ट्रयाक निर्माण नहुँदा जोखिम बढेकोलगायत खबरलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा कभरेज गरेको छ ।
केसीको अनशनदेखि नेपाल जापान हवाई सम्झौतालगायत विषयमाथि नागरिकले समाचार लेखेको छ । त्यस्तै गुप्तचरमा व्यक्तिकेन्ति नियमावली संशोधन भएको अर्को खबर पनि नागरिकमा छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












