‘सिमाना खोज्दै’ उपन्यासमा के छ ?
काठमाडौँ । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो ८१ नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका संघर्ष र उनको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यासको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरेका हुन् ।
अध्यक्ष मैनालीले २०६३ सालपछि राष्ट्रियता कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । मैनालीले ईतिहास नपढी राष्ट्रियता बलियो नहुने दाबीसमेत गरेका छन् ।
उनले भने,‘म साहित्यकार होईन, म असली पाठक हुँ, विलासीजीले यो पुस्तक लेखेर राम्रो काम गर्नुभयो, आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको बारेमा यति गहिरो अध्ययन गरेर उपन्यास लेख्नु चानचुने कुरा होईन, पृथ्वीनारायण शाहको इतिहास गलत तरिकाले स्थापित गर्न खोजिएको पनि थियो, तर त्यो गलत प्रयास चाहीँ स्थायी हुन सकेन, आधारहिन कुराहरू गरेर र लेखेर पृथ्वीनारायण शाहको बद्नाम गर्नु उचित होईन ।’
अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा पुगेको बताउँदै उनले सबैले यसबारेमा सोच्नुपर्ने बेला आएको पनि बताए । उनले थपे,‘सार्वभौमसत्ता रक्षा गर्न सम्पूर्ण नेपालीहरूले एक भएर लाग्नुपर्छ, जातीय, भाषिक र लैंगिक विवादहरू झिकेर देशलाई कमजोर बनाउने काम कसैले गर्नुहुँदैन, पृथ्वीनारारयण शाहले आधुनिक नेपाल निर्माण गर्नको लागि बल प्रयोग गर्नेमात्रै होईन, संयम भएर शासन चलाएको ईतिहास छ।’
शाहका बारेमा तथ्यहरू बिना बोल्नुको कुनै अर्थ नरहने उनको भनाई छ । उनले थपे,‘युद्धको रणनीति शाहकोजति कसैसँग देखिएन, अन्यत्र देशहरूमा पढेलेखेका शासकहरू थिए, तर पृथ्वीनारायण शाहलाई मकवानपुरे राजाहरूले गोठालो भन्थे तर तिनै गोठालोले अंग्रेजहरूलाई परास्त गरेर देश बनाए, जसले यत्रो देश बनाए उनैलाई आधारहिन आरोप लगाएर गाली गर्ने काम भएको छ ।’
त्यस्तै कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कृतिकार विलासीले पृथ्वीनारायणको शालिकमा एक थुङ्गा फूल थप्न सहयोग पुग्नेगरि महत्वपूर्ण पुस्तक बजारमा ल्याएको बताए ।
उनले भने,‘यो उपन्यास सबैले पढ्न जरूरी छ, पृथ्वीनारायण शाहको बारेमा लेखिएको उपन्यासले मन छोएको छ, विलासीजीले पढ्न दिनुभएन । तर, सरस्वती माताले पढ्न दिनेछन् र म पढ्छु, पढेर कतै न कतै लेख्नेछु, आज मलाई पनि किताब लेख्नुपर्छ भन्ने लागेको छ, अबका दुई वर्षभित्र मेरो पनि पुस्तक आउनेछ, पुस्तक प्रकाशन गर्नेछु।’
कार्यक्रममा पुस्तकका टिप्पणीकर्ता बरिष्ठ पत्रकार पुरूषोत्तम दाहालले अंग्रेजहरूले लेखेको गलत ईतिहासका कारण पृथ्वीनारायण शाहलाई विवादमा तान्ने काम भएको टिप्पणी गरे ।
उनले भने,‘पृथ्वीनारायण शाहको पालामा नेपालमा लेख्ने चलन थिएन, अंग्रेजहरूले जे–जे लेख,े त्यसैलाई सत्य ठानेर आजका नेपालीहरू उफ्रिन थालेका छन्, जसले देश जोडे, आफ्नो स्वार्थमा कुनै काम गरेनन्, देश बनाए उनैलाई गालि गर्नु उचित होईन।’
उनले पुथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्न किन गाह्रो भएको हो ? भन्दै प्रश्नसमेत तेर्साए । दाहालले थपे,‘मोहनचन्द्र अधिकारीले विस्तारवादी, उपनिवेशवादी भन्दै हिँड्नुभयो, परिवर्तनमा कुनै पक्ष बलियो र कमजोर हुन्छ, ३२ पुस्ता किराँतले राज्य गरे, मल्ल बंश, यक्ष बंश, यदुवंश उपत्यकामा नेवारहरूले राज्य गरे, त्यो शासनबाट कोही पीडित थिएनन् ?
त्यस्तै कार्यक्रममा साहित्यकार प्रतिक नेपालले विमोचित उपन्यासमा युद्धको मनोविज्ञान भएको दाबी गरे । उनले भने,‘पृथ्वीनारायण शाहले देश जोडेका थिए, यस उपन्यासले पुस्ता जोड्ने काम गरेको छ, गोरखाली भनेपछि विश्व डराउने गर्छन्, अझैसम्म पनि त्यो शक्तिको प्रभाव छ, पृथ्वीनरायण शाहले देश नजोडेको भए अरू कसैको दासि बन्नुपर्ने थियो ।’
पृथ्वीनारायण शाहको कारण आज विश्वको एकमात्रै स्वाभिमान देश र सार्वभौमसम्पन्न देशको नागरिक भएर बाँच्न पाउनु गर्वको कुरा भएको पनि उनले सुनाए ।
नेपालले थपे,‘नेपालीहरूले बुद्धलाई चुईंगमको रूपमा लिएका छन्, सगरमाथालाई सक्ने भए आफ्नो नाममा बनाईहाल्थे, नेपालीहरू ईतिहासलाई सम्मान गर्न नसक्ने, गाली गर्ने र बस्ने यस्तो पनि हुन्छ ? हुन त हाम्रो देशमा ईतिहास र राम्रो कुराहरूको कदर हुन छाडेको छ, तर यो पुस्तक मदन पुरस्कारको हकदार पुस्तक हुनेछ, मैले यो रूपमा लिएको छु ।’
पुस्तकको प्रकाशन भने किशोरदत्त मिश्र र रोहन आचार्य (रत्ननगर, टाँडी–चितवन) ले गरेका छन् भने मुद्रण बिटी प्रिन्टिङ् प्रेस, शंखमुल काठमाडौंको रहेको छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












