सरकारको सक्रियताः जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार
काठमाडौँ- दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माउनुभयो । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो ।
शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकोप्टरको सहायतामा सुत्केरी भुजेल र बच्चालाई तत्काल काठमाडौँस्थित महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ल्याएर उपचार गराउपछि ा अहिले आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य छ ।
बिन्दाको आर्थिक अवस्था अत्यन्त कमजोर छ । “जन्मिनु पर्ने समयभन्दा अगाडि नै बच्चा जन्मिएपछि सास फेर्नसमेत नसक्ने भयो र त्यसको उपचार सदरमुकाम चरीकोटमा कठिन भएकाले मन्त्रालयले हेलिकोप्टरबाट काठमाडौँ ल्याउन सहयोग ग¥यो र बच्चालाई बचाउन सकियो । तत्कालै काठमाडौँ ल्याउन नसकेको भए बच्चालाई बचाउन सकिँदैनथ्यो होला”, भुजेलले भन्नुभयो ।
त्यसैगरी हुम्ला जिल्लाको चङ्खेती गाउँपालिका–३ पिमलाङ निवासी २१ वर्षीया नीरा शाही सुत्केरी हँदा अत्यधिक रक्तश्राव भएपछि उक्त मन्त्रालयले हेलिकोप्टरमार्फत हुम्लाबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याउने काम ग¥यो । मन्त्रालयले भुजेलको र शाहीको मात्र होइन, सुत्केरी हुने अवस्थामा स्वास्थ्यमा समस्या भई जोखिममा रहेका अन्य महिलालाई समेत हवाई उद्धार गर्दै आएको छ ।
मन्त्रालयले यही कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारकार्यमा तीव्रता दिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालन गरिने धेरै कार्यक्रममध्ये मन्त्रालयले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रमका लागि यो आर्थिक वर्षमा रु ३० करोड विनियोजन गरिएको छ ।
मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार दार्चुला, बैतडी, बाजुरा, रोल्पा र सल्यानलगायत ३४ जिल्लाका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या भई ज्यान जोखिममा रहेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याइने उल्लेख छ । मन्त्रालयका सहसचिव तथा महिला सशक्तिकरण महाशाखा प्रमुख रुद्रादेवी शर्माले महिलाको सुरक्षित र प्रजनन् स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्ने उद्देश्यले पनि मन्त्रालयले उद्धारकार्यलाई अगाडि बढाएको बताउनुभयो ।
उद्धारका लागि सहसचिव शर्माको नेतृत्वमा समन्वय समितिसमेत गठन गरिएको छ । समितिमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्यालगायत विभिन्न मन्त्रालय र हवाई सेवा निर्देशनालयका प्रतिनिधि सदस्य हुनुहुन्छ । नियमित यातायात सेवा नपुगेका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने महिलाको प्रजनन् स्वास्थ्यका कारण हुनसक्ने सम्भावित मृत्यु हुनबाट बचाउने उद्देश्यले हवाई उद्धार कार्यक्रम ल्याइएकोे हो ।
तत्कालका लागि उद्धारमा नेपाली सेनाको हेलिकोप्टर प्रयोगमा ल्याए पनि केही समयपछि सेवा प्रदायक संस्था सार्वजनिक खरिद ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम सरकारी तथा निजी क्षेत्रका सेवा प्रयोगमा ल्याइने मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा पनि सिफारिश समिति गठन गरिएको छ । सहसचिव शर्माले भन्नुभयो, “कार्यविधिअनुसार स्थानीयस्तरमा उपचार हुन सकेन भने आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरी महिलालाई हवाई वा एम्बुलेन्समार्फत निःशुल्क उद्धार गरेर नजिकको अस्पतालसम्म पु¥याउने काम मन्त्रालयले गर्दै आएको छ ।” सुत्केरीलाई अन्य आर्र्थिक सहयोगबारे भने कार्यविधिले बोलेको छैन ।
Comments
अरु समाचार
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...