नयाँ दिल्लीमा केपी ओलीविरूद्ध षडयन्त्र
काठमाडौँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको झण्डै एक बर्ष पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले विगतका प्रधानमन्त्रीभन्दा फरक ढंगबाट जनतालाई विकास र समृद्धिको सपना देखाउदै आएका छन् । सपना देख्नेले मात्र इच्छा र चाहानाहरू पूरा गर्नसक्छ भन्ने कथनलाई प्रधानमन्त्री केपी ओली चरितार्थ गर्न खोज्दैछन् । प्रधामन्त्रीको यस्तो सोचको जसरी प्रशंसा भइरहेको छ त्यसको ठीक उल्टो सरकारका मन्त्रीहरू धमाधम भ्रष्टाचारमा मुछिदैछन् ।
सरकार गठन भएको एक बर्ष पुग्नलाग्दा जनचाहना अनुरुप खासै उपलब्धि देखिएन भनेर नेकपाबाटै आलोचना पनि हुन थालेको छ । प्रतिपक्षी दलहरूले त सरकारको खेदो खन्ने नै भए ।
आफ्नै पार्टी नेकपाबाट केपी ओली सरकारलाई असफलताको आरोप लगाउदै सत्ताबाट हटेको देख्न चाहनेहरू प्रकट भइरहेका बेला छिमेकी मुलुक भारतमा समेत ओली सरकारलाई चमडमेभन्दा चाडोभन्दा चाडो विस्थापित गर्न डीपी त्रिपाठी, श्यामशरण, टी हर्मिस र प्रणव मुर्खजीहरू जुर्मुराएको खबर नयाँ दिल्लीबाट प्रँप्त भएको छ ।
२०६२ मंसिर ७ गते तत्कालीन सात दल र नेकपा माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीका सहयोगी भनेर नेपाली राजनीतिमा चिनिएका यी भारतीय पूर्व नोकरशाह तथा कूटनीतिज्ञहरूले २०७६ सालको असार साउनसम्ममा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरेको दिल्लीस्थित स्रोतले बताएको छ । नेपालको राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका खोज्ने डीपी त्रिपाठी, श्यामशरण, टी हर्मिस र प्रणव मुर्खजीहरूले दुइतिहाईको ओली सरकारले भारतको हितमा काम नगरेका भन्दै सरकारको नेतृत्व नै फेरीदिने चलखेल गरिरहेको स्रोतको दाबी छ ।
भारतमा मोदी नेतृत्वको भाजपाको सरकारले यी महाशयहरूको कुरा खासै नसुन्ने भएकाले यिनीहरूलाई नेपालमा सरकारको नेतृत्व परिवर्तन गराउनका लागि आगामी अप्रिलसम्म पर्खिनु पर्ने हुन्छ । अप्रिलमा हुने भारतको आम चुनावपछि भारतीय कांग्रेसको सरकार बन्ने र त्यही सरकारको दबाबमा नेपालमा प्रधानमन्त्री फेर्ने सपना यिनीहरूले देखेको समाचार स्रोतको भनाई छ ।
भारतीय संस्थापन पक्षलाई नेपालमा हुने गरेका गतिविधिका बारेमा झकझकाउने र नेपालमा राजनीतिक उलटपलट गराउने मुख्य उद्देश्यय यी भारतीयहरूको पाल्दै आएको स्रोत बताउछ ।
यिनीहरूले केपी ओलीको सरकार चीनतिर बढी ढल्केको, नेपालमा चिनियाँ गतिविधिहरू बढिरहेको र भारतलाई यो सरकारले महत्व नदिएको कथाहरू हाल्दै साउथ ब्लकमा कुरा लगाउदै आएको दिल्लीस्थित स्रोत बताउछ ।
नयाँ दिल्लीमा दैनिक जसो आयोजना हुने कथित ‘थिङट्याङ्क’ मिटिङहरूमा नेपालका जानकारका रुपमा यिनीहरूले नेपालमा चिनियालगायत बाह्य शक्तिको प्रभाव कम गर्नुपर्ने कुरा खुलेआम बोल्दै आएको नयाँ दिल्लीस्थित साँघु स्रँेतले बताएको छ ।
यसै सन्दर्भमा काठमाण्डौमा सरकारी गाडी ड्राइभर र सुरक्षाकर्मीहरू सरकारले खोसेर एक्लो बनाइदिएपछि सर्लाहीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह रन्थनिएर नयाँ दिल्ली पुगेको संसद सचिवालय स्रोत बताउछ । उनले पनि केपी ओली सरकारको विरुद्धमा नानाभाँतिका कुरा आफ्ना भारतीय गुरुहरूलाई लगाइरहेको नयाँ दिल्लीस्थित राजदूतावास स्रोतले बतायो ।
यसैगरी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पनि यति बेला नयाँ दिल्ली दौडमा छन् । कोइरालाले पनि नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्रर मोदीसंग भेटघाट गर्नुका साथै उच्च तहका नेताहरूसंग भेटघाट गर्ने कोसिस गरिरहेको बताइएको छ । साँघु साप्ताहिक
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












