चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया जाने
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।
दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै हङकङबाट प्रकाशित हुने द साउथ चाइना मोर्निङ पोष्टले लेखेअनुसार आफ्नो पहिलो उत्तर कोरिया भ्रमणका लागि सी आगामी अप्रिलमा प्योङयाङ पुग्ने छन्।
यसअघि गत अक्टोबरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले चिनियाँ राष्ट्रपति सीले छिटै उत्तर कोरियाको भ्रमण गर्ने बताएका थिए।
अप्रिल १५ मा मनाइने उत्तर कोरियाका संस्थापक किम जोङ सुङको जन्मदिनका अवसरमा सी प्योङयाङ पुग्ने छन्। ६ वर्षअघि चीनको राष्ट्रपति बनेका सीलाई प्योङयाङले धेरै पटक निम्तो पठाएको थियो। चीन र उत्तर कोरियाको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगर्को अवसरमा सी उत्तर कोरिया जान लागेको बताइएको छ।
यसअघि उनी सन् २००८ मा प्योङयाङ गएका थिए। त्यतिबेला सी उपराष्ट्रपति थिए। सन् २००५ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओको भ्रमणपछि चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेका छैनन्।
उत्तर कोरियाको भ्रमणपछि सीले मेमा दक्षिण कोरियाको भ्रमण गर्ने बताइएको छ।
यसअघि पुस २४ गते उत्तर कोरियाली नेता किम जोङ उन दोस्रो पटक बेइजिङ आएका थिए। बेइजिङमा उनले राष्ट्रपति सीसँग राजनीतिक भेटवार्ता गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको दोस्रो वार्तापछि नेता किमले चिनियाँ राष्ट्रपति सीलाई प्योङयाङ निम्त्याएका हुन्।
ट्रम्प-किम दोस्रो शिखर वार्ता फेब्रुअरीको मध्यतिर हुने भनिए पनि मिति र स्थानको टुंगो लागेको छैन। ट्रम्पले भियतनाममा वार्ता गर्न प्रस्ताव गरेका छन्।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












