ताजा समाचार

अस्ट्रेलियन ओपन टेनिसः एन्डी मुर्रे पहिलो चरणमै स्तब्ध

एजेन्सी । बेलायती भेट्रान्स टेनिस खेलाडी एन्डी मुर्रे अस्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । उनी स्पेनिस रोबर्टो बाटिस्टासँग पराजित भएका हुन् । तीनपटकको ग्रान्डस्लाम विजेता मुर्रेको यो पराजयपछि विभिन्न टीकाटिप्पणी पनि भएको छ ।

पाँच सेटको खेलमा मुर्रे पराजित भएका हुन् । पराजयपछि पत्रकार सम्मेलन गर्दै मुर्रेले भने, ‘मैले सक्नेजति गरेको हुँ, तर त्यो पर्याप्त भएन ।’

मुर्रेले केही दिनअघि यही वर्षबाट खेल जीवनबाट सन्न्यास लिने बताएका थिए । हिपमा समस्या भएका कारण उनले सन्न्यासको तयारी गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org