ताजा समाचार

‘गोविन्द केसीका शतप्रतिशत माग पूरा भयो, अनशन बसेर शरिरलाई दुःख नदिनुहोस’

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता एवम् सांसद खगराज अधिकारीले ‘गोविन्द केसीका शतप्रतिशत माग पूरा भएकाले अनशन बसेर शरिरलाई दुःख नदिन आग्रह गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

डा.केसीले उठाएका सबै माग पूरा भएको पनि जिकिर गरे । उनले भने,‘केसीले उठाएका शतप्रतिशत मागहरु पूरा भएका छन् । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विद्येयक आएको छ।’
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीले केसी अहिले अनशन बस्नुपर्ने कुनै कारण नभएको पनि जिकिर गरे । उनले तत्काल अनशन स्थगित् गरेर वार्तामा आउनपनि केसीलाई आग्रह गरे । उनले भने,‘तपाईको भावनाविपरित विद्येयक छैन । शरिरलाई दुःख दिने काम नगर्नुहोस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org