ताजा समाचार

तेल लगाएर परालको कुन्यूभित्र सुताइराखेको अवस्थामा शिशु भेटियो

सिरहा । सिरहामा एक नवजात शिशु भेटिएको छ । जिल्लाको गोलबजार नगरपालिका ८ मा परालको कुन्यूभित्र तेल लगाएर सुताइराखेको अवस्थामा शिशु भेटिएको हो ।

१०/१५ दिनको जस्तो देखिने बालकलाइ तेल मालिस गरेर चिटिक्क पारेर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बच्चा अवैध सम्बन्धबाट जन्मेको हुन सक्ने अनुमान गरिएको छ । नवजात शिशु गोलबजारस्थित भुमिजा अस्पतालमा राखिएको छ । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

बच्चा रोएको सुनिएपछि स्थानीयले देखेर प्रहरीलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख नविन घिमिरेले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org