कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमता भन्दा बढी कैंदीबन्दी भएपछि सुत्ने ठाउँको अभाव भएको छ ।
कारागारमा ९५ जनाको क्षमता भए पनि दुई सय ९५ कैदीबन्दी राखिएको छ । क्षमता भन्दा तेब्बर कैंदीबन्दी भएपछि सुत्नका लागि ठाउँ अभाव भएको कारागारका प्रमुख श्यामप्रसाद भट्टले बताए । “थप कैंदीबन्दीलाई राख्नका लागि भवनको अभाव छ”, उनले भने, “त्यसैले ग्यालरी र भान्सामा कैदीबन्दीलाई सुताउनु परेको छ ।” कारागारमा कैदीबन्दी बस्नका लागि दुई ब्लक छन् । ती दुबै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् ।
चिसोसँगै न्यानो ओढ्ने कपडाको समेत अभाव रहेको प्रमुख भट्टले जानकारी दिए । भवन निर्माणका लागि कारागार व्यवस्था विभागमा जानकारी गराइए पनि सुनवाई हुन नसक्दा कैंदीबन्दीले सुत्नका लागि सास्ती खेप्नु परेको उनले बताए । कारागारका बर्षौ पुराना जिर्ण भवनको मर्मत सम्भारको कार्य हुन सकेको छैन । पुराना भवन चुहिने भएकाले बर्षातका बेला कैंदीबन्दीले झनै सास्ती खेप्नु परेको छ ।
भवन भित्रै त्रिपालको छाना बनाएर कारागार प्रशानले कैंदीबन्दीलाई राख्नुपर्ने बाध्यता छ । भवनमा बर्षौ पहिले लगाईएका इट्टा समेत खिइएर झर्न थालेका छन् । पर्खाल भित्रको च्यानल गेट समेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताएका छन् ।
कारागार विभागबाट थोरै बजेट आउँदा कैदीबन्दीको स्वास्थ्योपचार र खाना खर्चका लागि समेत सो रकमले नपुग्दा अन्य मर्मत सम्भार र निर्माणका कार्य हुन नसकेको प्रमुख भट्टको भनाई छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच विघा क्षेत्रफलमा फैलिएको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












