गिट्टी बालुवा अभावले पुल निर्माणमा समस्या
सङ्खुवासभाका दर्जनौँ जिल्लाभित्रका विकासे आयोजनामा गिट्टी बालुवाको चरम अभाव हुँदा १४ वटा पुल निर्माण ठप्प बनेका छन् ।
सङ्खुवासभामा गिट्टी बालुवा उत्खनन बन्द भएपछि जिल्लाका पुल निर्माण ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए । जिल्लामा सञ्चालन हुदै आएको दुई क्रसर पाँच महीना अगाडि जिल्ला वन कार्यालयले अवैध भन्दै बन्द गराएपछि अहिले गिट्टी बालुवाको चरम अभाव सिर्जना भएको हो ।
खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका जोड्ने पाङ्मा खोला र माल्टा खोलामा निर्माणाधीन दुई वटा पक्की पुलको निर्माण कार्य केही महीनादेखि गिट्टी बालुवाको चरम अभाव भएको भन्दै काम ठप्प भएको छ ।
गिट्टी बालुवा अभावले पुल निर्धारित समयभित्र बनाउन कठिन भएको निर्माण कम्पनीका निर्देशक सन्तोष राईले बताए । निर्देशक राईले भने “हामीले यो पुल एक वर्षमा निर्माण सम्पन्न हुन्छ भनेका थियौँ तर गिट्टीको अभावमा हामी पुल निर्माण गर्न असमर्थ भयौँ ।” रु दुई करोड २५ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी याक्थुमहाङ एस्एएस् जेभीले पुल निर्माणको ठेक्का लिएका छन् ।
आगामी असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने उक्त पुलको हाल एउटा पिलरसमेत बनेको छैन । यस्तै आगामी असार मसान्तमै निर्माण सम्पन्न गर्ने सहमति भएको माल्टाखोला पुलको पनि अवस्था उस्तै छ । सो पुलमा पिलर हाल्नका लागि कामको शुरुआत गरिए पनि त्यसभन्दा अघि काम बढ्न सकेको छैन ।
रु दुई करोड ७१ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको सो पुलको निर्माणको ठेक्का कुन्सालिङ अरुणबरुण जेभीले पाएको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि गिट्टी अभावले पुल निर्माण प्रभावित भएको पुल निर्माण कम्पनीका निर्देशक मिगुर शेर्पाको भनाइ छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












